Comments Add Comment

२२ लाख बराबरको औषधि जमिनमुनि

२४ वैशाख, नवलपरासी । जिल्लामा कार्यालयको लापरवाहीका कारण जिल्ला जनस्वास्थ्य कार्यालय परिसरमा २२ लाख रूपैयाँ बराबरको औषधि जमिन मुनी गाडिएको छ ।

औषधिको म्याद नाघेपछि औषधि कार्यालय परिसरमा गाडिएको हो । कार्यालयले औषधि खरिद प्रक्रियामा ढिलाइ गरेपछि छोटो समयमा बिरामीले उपभोग गर्न नपाई सो औषधि गाड्नु परेको हो । सरकारले निःशुल्क औषधि उपलब्ध गराउने घोषणा गरेपनि खरिद प्रक्रियामा ढिलाइ हुने गरेको छ ।

एउटै कम्पाउण्डभित्र रहेको पृथ्वीचन्द अस्पतालले आन्तरिक स्रोतबाट खरिद गरी ७० प्रकारको औषधिको ठाउँमा आठ प्रकारको मात्र वितरण गरिरहेको छ । तर सोही कम्पाउन्डभित्रै रहेको जिल्ला स्वास्थ्य कार्यालयले औषधि जमिनमुनी गाडेको छ । लाखौँ मूल्यको औषधि गाडिएको विषयमा छानबिन गर्नुपर्ने स्थानीयवासीले माग गरेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार भिटामिन ‘बी’ कम्पलेक्स १७ लाख रूपैयाँ, छारे रोगमा प्रयोग गरिने फिनोवार भिटोन ८६ हजार ५९३ रूपैयाँ, पिसाव पोल्ने र बन्द हुने बिरामीका लागि फुर्सेमाइट एक लाख ९२ हजार रूपैयाँ, सल्फामेटाजोड ८० हजार रूपैयाँ, प्रसूति हुँदा प्रयोग हुने म्यागनेसियन सलफेट सुई १२ हजार रूपैयाँ तथा इन्सुलिन सुई ३६ हजार रूपैयाँ बराबरको औषधि गाडिएको छ ।

म्याद नाघेको औषधि गाडिएको कार्यालयका स्टोर प्रमुख शारदा गौतमले बताए । आव २०६८/६९ मा केन्द्रीय मेडिकल स्टोर पथलैयाले पठाएको औषधि गाडिएको उनको भनाइ छ । मेडिकल स्टोरले ६ महिना मात्र म्याद भएको करिब ५० लाख रूपैयाँ मूल्यको भिटामिन ‘बी’ कम्पलेक्स पठाएकोमा माग अनुसारको औषधि बाँडिएको र बाँकी म्याद सकिएको औषधि गोदाममा भण्डारण गरी राखिएको कार्यालयले जनाएको छ । अहिले केन्द्रबाट स्टोर व्यस्थापन गर्न र म्याद सकिएको औषधि नष्ट गर्न निर्देशन आएका कारण औषधि गाड्नु परेको बताइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment