Comments Add Comment

जापानमा एटिएम मेसिनबाट ३ घण्टामा डेढ करोड चोरी

ATM

जापानमा नक्कली क्रेडिट कार्डको सहयोगमा एटिएम मेसिनबाट १ अर्व ४० करोड ऐन (१ अर्व ३७ करोड रुपैयाँ) निकालिएको छ ।

क्योदो समाचार एजेन्सीका अनुसार यो रकम तीन घण्टाको अन्तरालमा जापानका विभिन्न शहरमा अवस्थित १४०० एटिएम मसिनबाट निकालिएको हो ।

रकम निकाल्नका लागि ७-११ क्यास मेसिनको प्रयोग गरिएको थियो, जसले जापानको अधिकांश क्यास मेसिनका अलावा विदेशी कार्डको पनि स्वीकार गर्ने गर्थ्यो । पैसा निकाल्नेहरुले दक्षिण अफ्रिकी बैंकको डाटा चोरेर नक्कली एटिएम बनाएका थिए ।

दक्षिण अफ्रिकाको स्ट्याण्डर्ड बैंकले आफ्नो १९२.४ डलर (२०८ अर्व रुपैयाँ) को नोक्सान भएको अनुमान गरेको छ ।

यो घटना १५ मे को हो । क्योदोका अनुसार पुलिसले यस घटनामा छुट्टा छुट्टै क्षेत्रमा रहेका १०० भन्दा बढि मानिसको सहभागिता हुनसक्ने अनुमान गरेको छ ।

जाँच एजेन्सीलाई उदृत गर्दै समाचार एजेन्सी क्योदोले लेखेको छ कि १४०० एटिएमबाट एक पटकमा १ लाख ऐन (९७.७ हजार रुपैयाँ) निकालिएको थियो ।

स्ट्याण्डर्ड बैंकले यस अपराधमा निक्कै चलाख संगठित गिरोहको संग्लग्नता रहेको बताएको छ । जसले बैंकको नक्कली कार्ड बनाएका थिए । बैंकका अनुसार यस्तो कार्ड थोरै सङ्ख्यामा मात्र बनाइएको थियो ।

तर बैंकले यस घटनाले आफ्ना ग्राहकमा कुनै नोक्सान नगरेको प्रष्ट पारेको छ । विज्ञप्ति निकाल्दै बैंकले भनेको छ कि स्ट्याण्डर्ड बैंकले यस्ता घटना नियन्त्रण गर्नका लागि कदम उठाएको छ ।

जापानी प्रहरीले घटनामा संग्लग्नहरुको पहिचानका लागि सीसीटीभी फुटेजको जाँच गरिरहेको छ । यसका अलावा दुवै मुलुकका पुलिस इन्टरपोलसँग मिलेर जाँच गरिरहेका छन् कि बैंक डाटा कसरी चोरी भयो र यस्तो संगठित अपराध कसरी भयो । अहिलेसम्म यस घटनाको आरोपमा प्रहरीले कसैलाई पक्राउ गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment