Comments Add Comment

मध्यरातमा काठमाडौंबासीलाई भूकम्पले ब्यूँझायो

earth quake११ जेठ, काठमाडौं । सोमबार मध्यरातमा काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ ।

राति १२ बजेर ५४ मिनेट जाँदा ४.२ रेक्टर स्केलको पराकम्प गएको हो । यसको केन्द्र धादिङ थियो ।

भूकम्पको धक्का काठमाडौंमा समेत महसुस भएको थियो। मध्यरात मस्त निद्रा रहेका धेरैलार्इ पराकम्पले ब्यूँझाएको थियो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो नयाँ भूकम्प नभए गोरखा भूकम्पकै पराकम्प हो । यसअघि जेठ २ गते ४.४ रेक्टर स्केलको पराकम्प गएको थियो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment