Comments Add Comment

भलबारी तेल चोरी काण्डका ३८ अभियुक्तलाई अदालतको सफाइ

१२ जेठ, भैरहवा । रुपन्देहीमा भएको तेल चोरी काण्डका ३८ जना अभियुक्तहरुले कालोबजारी मुद्दामा जिल्ला अदालत रुपन्देहीबाट सफाइ पाएका छन् ।

bhalbari-tankarगत २०७१ साल बैशाख १६ गते भारतबाट ट्यांकरमा ल्याएको पेट्रोलियम पदार्थ रुपन्देहीको पडसरी र मधवलियामा चोरी गरी कालोबजारी गरेको अभियोगमा रुपन्देही प्रहरीले नेपाल आयल निगमको पश्चिमाञ्चल क्षेत्रिय कार्यालय भलवारी डिपोका तत्कालीन प्रमुख नगेन्द्रकुमार कुर्मीसहित ३८ जना माथि जिल्ला अदालत रुपन्देहीमा कालोबजारी मुद्दा दायर गरेको थियो ।

तर, रुपन्देही जिल्ला अदालतका न्यायधिश मुरारीबाबु श्रेष्ठको ३ नम्बरको इजलासले अभियोग दावी पुग्न नसकेको कारण सबै ३८ जनालाई सफाइ दिइएको जिल्ला अदालत रुपन्देहीका नासु सन्तोष मिश्रले अनलाइनखबरलाई बताए ।

कालोबजारीको अभियोगमा रुपन्देही प्रहरीले भलवारी डिपोका तत्कालीन प्रमुख, २ जना कर्मचारी, ट्यांकरधनी, ट्यांकर चालक र सहचालक माथि जिल्ला अदालत रुपन्देहीमा कालोबजारी मुद्दा दायर गरेको थियो ।

रुपन्देहीका तत्कालीन एसपी (हाल एसएसपी) विक्रम सिंह थापाको तेल चोरी काण्डका अभियुक्तहरु माथि ५ वटा दायर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment