Comments Add Comment

स्मार्टफोनमा चार्जिङको समस्या यसरी सुल्झाउनुस्

phone_battery

तपाईंको स्मार्टफोन फुल चार्ज हुन कति समय लाग्छ ? तारको खरावीको अलावा तपाईंलाई यी मध्ये एक समस्या आउन सक्छ ।

अफिसमा तपाईं फोन चार्ज गर्न सक्नुहुन्छ या आफ्नो ल्यापटप तथा कम्प्यूटरमा कनेक्ट गरिदिनुहुन्छ ताकि चार्ज भइराखोस् ।

यद्यपि तपाईंको स्मार्टफोनले त्यति गर्दापनि चार्ज हुन धेरै समय लगाएको हुनसक्छ ।

यदि तपाईंको फोन चार्ज हुन समय लगाइरहेको छ भने केहि कुराहरुमा ध्यान दिन जरुरी छ ।

सबैभन्दा पहिले आफ्नो चार्जिङ केवलको परिक्षण गर्नुहोस् । त्यो तार राम्रो क्वालिटीको छ भने यसबाट चार्ज पनि छिट्टै हुन्छ ।

एन्ड्रोइड मार्सम्यालो भएको स्मार्टफोनमा चार्ज सुस्त भयो भने उसले स्त्रिmनमै देखाइदिन्छ । यदि तपाईंसँग यस्तो सुविधा छैन भने आफ्नो युएसवी केवलको विजुलीसँग कनेक्ट गरेर फोन चार्ज गर्ने प्रयास गर्नुहोस्, र हेर्नुहोस् चार्ज कतिको छिटो भइरहेको छ ।

यति गरिसकेपछि पनि तपाईंको चार्ज ढिला भयो भने बुझ्नुहोस केवल फेर्नुपर्ने भयो ।

यदि तपाईंले आफ्नो ल्यापटपबाट चार्ज गर्नुभएको हो भने ल्यापटपको ब्याट्रीका कारण फोनको चार्जमा असर परेको हुनसक्छ । ल्यापटपको ब्याट्री बचाउनका लागि कम्पनीहरुले यस्तो सेटिङ पनि गर्न सक्छन् । यसलाई ठीक बनाउन ल्यापटपको चार्जर विजुलीमा कनेक्ट गर्नुहोस् र फोन चार्ज गर्नुहोस् ।
पुरानो ल्यापटपको युएसवी पोर्टमार्फल चार्ज गर्न केही झन्झट हुन्छ । त्यसैले तपाईंले नयाँ ल्यापटपबाट मात्र फोन चर्ज गर्दा राम्रो हुन्छ ।

स्मार्टफोनको युएसवी पोर्टमा कुनै खरावी आएमा पनि चार्जिङको रफ्तारमा गडवड हुन सक्छ । कहिलेकाहीँ युएसवी तार पोर्टमा उल्टोगरी घुसाउन खोज्दा पोर्टमा खरावी आउन सक्छ ।

तपाईंसँा एउटा कम्पनीको स्मार्टफोन छ भने चार्ज अन्य कम्पनीको पनि बजारमा उपलब्ध हुनसक्छ । तर सकेसम्म सोही कम्पनीको चार्जर खोज्नुहोस् । यसले तपाईंको समस्या समाधान गर्न सहयोग गर्नेछ ।

स्मार्टफोनको ब्याट्री लामो समयसम्म चल्यो भने तपाईंलाई बरदान सरह हुन जान्छ । स्मार्टफोनहरु पहिलाभन्दा धेरै फिचहरु राखेर उत्पादन भइरहेको छ त फोनको ब्याट्री कति धेरै टिक्छ यसमा पनि कम्पनीको ध्यान जान थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment