Comments Add Comment

एभरेष्ट बैंकद्वारा नयाँ वर्षको क्यालेन्डर सार्वजनिक

१९ चैत, काठमाडाैं । एभरेष्ट बैंक लिमिटेडले नयाँ वर्ष २०७६ सालको क्यालेन्डर विमोचन गरेको छ । बैंकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा उक्त क्यालेन्डर विमोचन गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहन कृष्ण सापकोटा तथा बैंकका प्रमूख कार्यकारी अधिकृत सोमेश्वर सेठद्वारा बैंकका अन्य उच्च अधिकृहरुको उपस्थितिमा संयुक्त रुपमा उक्त क्यालेनडरको विमोचन भएको थियो ।

एभरेष्ट बैंकले नेपाल सरकारको ‘भिजिट नेपाल २०२०’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै अतिथि देवो भवः भन्ने भावका साथ नयाँ वर्ष २०७६ को क्यालेन्डर ग्राहकहरु समक्ष ल्याएको जनाएको छ ।

बैंकले ल्याएको क्यालेन्डरमा नेपालभित्रका ३६ वटा विभिन्न पयर्टकीय गन्तव्यहरुलाई समावेश गरिएको छ । क्यालेन्डरमार्पmत नेपाललाई आन्तरिक एवं अन्तर्राष्ट्रिय पर्यटकको एउटा प्रमुख गन्तव्यको रुपमा चिनाउने उद्देश्य भएको पनि बैंकले जनाएको छ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment