Comments Add Comment

डम्फु संरक्षणका लागि यूएईमा डम्फु साँझ हुँदै

युएई । तामाङ समुदायको संस्कृति बोकेको डम्फुको संरक्षणका लागि युएईमा ‘डम्फु साँझ २०१९’ आयोजना गरिएको छ ।

हाम्रो डम्फु हामै शान, यसैमा छ तामाङ पहिचान भन्ने नाराका साथ युएईमा पहिलो पटक यो कार्यक्रम गर्न लागिएको आयोजकको भनाइ छ ।

कार्यक्रम डम्फु साँझ युएई समितिको आयोजामा आगामी वैशाख ६ गते दुबईको काल्टन टावरको हलमा हुन लागेको हो ।

तामाङ समुदायको मौलिक पहिचान बोकेको डम्फुको संरक्षण तथा प्रबर्धन गर्न कार्यक्रमले सहयोग पुर्याउने आयोजक समितिका सदस्य अनिश तामाङले जनाए । उनले थपे, ‘प्रयोगबिहीन अवस्थामा रहेको डम्फुलाई आफ्नो समुदायमा चिनाउन हामी लागेका हौँ । युवा पुस्ताहरु पश्चिमेली संस्कृतिमा रमाउन थालेपछि तामाङ समुदायको पहिचान र सभ्यता झल्काउने बाजा हराउदैँछ । हामी आफ्नो बाजाहरु र संस्कृतिमा रमाउन युवापुस्तालाई प्रेरित गर्न लागि परेका छौँ ।’

कार्यक्रममा नेपालबाट कलाकारहरुको समेत उपस्थिति रहने छ । अतिथि कलाकारको रुपमा सेलो गायिका इन्दिरा गोले, जितु लोप्चन युएई आउनेछन् ।

त्यसैगरी सेलो गायकहरु विश्व दोङ, फुलकुमार बम्जन, म्हेन्दोमाया र सुमन घले, तामाङ चालचित्रका निर्माता तथा नायक अमिर दोङ तामाङ, नायिका सुनिता लुङवा, सुस्मा मोक्तान र स्मारिका थिङ तामाङको प्रस्तुति रहने आयोजक समितिका सदस्य तामाङले जानकारी दिए ।

हरेकवर्ष यस किसिमको कार्यक्रम आयोजना गर्ने लक्ष्यले सुरेन्द्र थिंङ तामाङको संयोजकत्वमा डम्फु साँझ युएई समिति गठन गरिएको छ ।

समितिले आगामी दिनमा तामाङ समुदायले चाडपर्वमा प्रयोग गदै आएका बाजागाजाको संकलनसमेत गर्ने सदस्य तामाङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment