
१९ चैत, काठमाडौं । डिजेल र पेट्रोल इन्धनको सबैभन्दा ठूला स्रोत हुन् । ‘कालो सुन’ भनिने कच्चा तेलको स्थान जबसम्म अक्षय ऊर्जाले लिँदैन तबसम्म हाम्रो निर्भरता यसैमा बढीरहने छ ।
एक वर्ष पहिलेको तुलनामा सन् २०१८ मा विश्वमा अधिक कच्चा तेलको प्रयोग भयो । अर्गनाइजेशन अफ पेट्रोलियम एक्सपोर्टिङ्ग कन्ट्रिज (ओपेक)को रिपोर्टअनुसार विश्वमा सन् २०१७ मा हरेक दिन ९.७२० करोड ब्यारेल कच्चा तेलको खपत भएको थियो । जबकी सन् २०१८ मा विश्वमा प्रतिदिन ९.८८२ करोड ब्यारेल कच्चा तेल प्रयोग भयो ।
ओपेकको आकलन अनुसार सन् २०१९ मा यो तथ्यांक १०.०२३ करोड ब्यारेल पुग्नसक्ने छ ।
यही कारण धेरै देशको राजश्वको एक ठूलो हिस्सा कच्चा तेलको बिक्रीबाट हुने कमाइ बनेको छ । यस्तो अवस्थामा जुन देशमा कच्चा तेलको भण्डार छ त्यो देश फाइदामा होला भन्ने सोच्नु स्वाभाविक हुन्छ । तर वास्तवमा यस्तो छैन । किनभने कच्चा तेलले सधैं देशका लागि अधिक नगद हासिल गर्दैन छ ।
यी हुन् सबैभन्दा धेरै कच्चा तेल भएका देश
सबैभन्दा धेरै कच्चा तेल भएको देश हो भेनेजुएला । अमेरिकी गुप्तचर एजेन्सी सीआईएका अनुसार भेनेजुएलामा ३०,२३० करोड ब्यारेल कच्चा तेल हो ।
दोस्रो नम्बरमा साउदी अरब पर्दछ । यो देशमा २६,६२० करोड ब्यारेल कच्चा तेलको भण्डार छ । तर अन्तर्राष्ट्रिय स्तरमा यो देशले कयौं प्रतिवन्धको सामना गरिरहेको छ ।
क्यानडा तेस्रो नम्बरमा छ । जससँग १७,०५० करोड ब्यारेल कच्चा तेल रहेको अनुमान छ । यो सूचीमा भारत २३ औं स्थानमा छ । भारतमा ४४९.५ करोड ब्यारेल कच्चा तेल रहेको बताइन्छ ।
क्र.सं. | देशको नाम | कच्चा तेल (ब्यारेलमा) |
१. | भेनेजुएला | ३,०२,३०,००,००,००० |
२. | साउदी अरब | २,६६,२०,००,००,००० |
३. | क्यानडा | १,७०,५०,००,००,००० |
४. | इरान | १,५७,२०,००,००,००० |
५. | इराक | १,४८,८०,००,००,००० |
६. | कुवेत | १,०१,५०,००,००,००० |
७. | संयुक्त अरब इमिरेट्स | ९७,८०,००,००,००० |
८. | रुस | ८०,००,००,००,००० |
भेनेजुएलासँग सबैभन्दा धेरै कच्चा तेल छ र यो देशको ९६ प्रतिशत आय कच्चा तेलमै निर्भर छ ।
अमेरिकाले लगाएको पावन्दीका कारण भेनेजुएलाले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल बेच्न पाएको छैन । हाल भेनेजुएला गम्भीर राजनीतिक संकटबाट जुधिरहेको छ । सरकारी स्वास्थ्य व्यवस्था धरमराइ सकेको छ र खाद्य पदार्थका साथै अत्यावश्यक वस्तुको पनि संकट छ । यो देश धेरै ब्ल्याक आउट हुने (बिजुली जाने) कारणबाट पनि चर्चामा आउँछ ।
अरु त अरु भेनेजुएलासँग समुद्रको स्थिति पनि यस्तो छ कि जहाँबाट कच्चा तेल निकाल्न खर्चिलो हुन्छ । यहाँको तेल गह्रुंगो मानिन्छ जसका लागि सोल्वेटन्सको आवश्यकता पर्दछ ।
क्यानडाको स्थिति पनि लगभग यस्तै छ । यहाँको तेल पनि भारी मानिन्छ । यसलाई निकाल्न पनि धेरै खर्च लाग्छ ।
ब्राजिलमा तेलमा धेरै कर लगाइएको छ जसका कारण यहाँ कच्चा तेल कम उत्पादन हुन्छ ।
एक अनुमान अनुसार एक ब्यारेल तेल निकाल्नका लागि साउदी अरबमा जति खर्च हुन्छ त्योभन्दा चार गुणा बढी खर्च ब्राजिल र भेनेजुएलाको तेल निकाल्न लाग्छ ।
ओपेकको तथ्यांक अनुसार साउदी अरबमा एक ब्यारेल कच्चा तेल निकाल्न यदि ९ अमेरिकी डलर खर्च हुन्छ भने भेनेजुएलामा यसका लागि २७.६२ अमेरिकी डलर र ब्राजिलमा ३४.९९ अमेरिकी डलर खर्च हुन्छ ।
प्रतिक्रिया 4