Comments Add Comment

सर्वोच्चको न्यायाधीशमा कुमार रेग्मी र हरि फुयाँलसहित ५ जनाको सिफारिस

१८ चैत, काठमाडौं । न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा पाँच जनाको नाम सिफारिस गरेको छ ।

न्यायाधीश सिफारिस हुनेमा पूर्व महान्यायाधिवक्ता हरि फुयाँल र वरिष्ठ अधिवक्ता कुमार रेग्मी पनि छन् । केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री भएका बेला फुयाँल महान्यायाधिवक्ता नियुक्त भएका थिए ।

वकिलहरुबाट मनोजकुमार शर्मालाई पनि सर्वोच्चको न्यायाधीश सिफारिस गरिएको छ । पीएचडी होल्डर शर्मा पूर्वप्रधानन्यायाधीश दामोदरप्रसाद शर्माका भतिजा हुन् ।

प्रगतिशील खेमाबाट फुयाँल र शर्मा तथा लोकतान्त्रिक खेमाबाट रेग्मी सिफारिस भएका हुन् ।

यस्तै उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश ढुंगाना र उच्च अदालत सुर्खेतकी मुख्य न्यायाधीश सुष्मालता माथेमालाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरिएको छ । अर्का दावेदार कुमार चुडाल भने परेनन् ।

प्रधानन्यायाधीशमा सेटिङ !

सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका ५ जना मध्ये दुई जना प्रधानन्यायाधीश हुने लाइनमा हुनेछन् । कुनै अवरोध भएन भने फुयाँल र रेग्मी दुबै प्रधानन्यायाधीश हुनेछन् ।

उनीहरु सपना मल्ल प्रधानपछि प्रधानन्यायाधीशको रोलक्रममा हुनेछन् । यससँगै वि. सं २०९० सम्म न्यायालयको नेतृत्व ‘लगभग’ तय हुने न्याय परिषद्का अधिकारीहरु बताउँछन् ।

अहिले चोलेन्द्र शम्शेर जबरा प्रधानन्यायाधीश छन् । उनीपछि प्रधानन्यायाधीश हुने रोलक्रममा हरिकृष्ण कार्की, विश्वभर प्रसाद श्रेष्ठ र प्रकाशमान सिंह राउत र पर्छन् । त्यसपछि सपना मल्ल, कुमार रेग्मी र हरि फुयाँल प्रधान प्रधानन्यायाधीश हुने रोलक्रममा आउनेछन् ।

यो पनि पढ्नुहोस्

उच्च अदालतमा १८ जना न्यायाधीश सिफारिस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment