Comments Add Comment

उच्च अदालतमा १८ जना न्यायाधीश सिफारिस

१९ चैत, काठमाडौं । न्याय परिषदले उच्च अदालतमा १८ जना न्यायाधीश सिफारिस गरेको छ ।

मंगलबार बसेको बैठकले न्याय सेवाका विशिष्ट श्रेणीका अधिकृतबाट ३ जना, साविक पुनरावेदन अदालतको अतिरिक्त न्यायधीश एक जना, जिल्ला न्यायाधीशबाट ६ जना र कानून ब्यवसायीमध्येबाट ७ जनालाई उच्च अदालतको न्यायाधीश सिफारिस गरेको हो ।

न्यायाधीश सिफारिस हुनेहरुमा न्याय सेवाका विशिष्ट श्रेणीका अधिकृतबाट नायव महान्यायाधिवक्ता किरण पौडेल, सर्वोच्च अदालतका रजिष्ट्रार महेन्द्रनाथ उपाध्याय, सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव रमेश ढकाल रहेका छन् । साविक पुनरावेदन अदालतकी पूर्वअतिरिक्त न्यायाधीश निलम पौडेल पनि उच्च अदालतको न्यायाधीश सिफारिसमा परेकी छन् ।

यो पनि पढ्नुहोस सर्वोच्चको न्यायाधीशमा कुमार रेग्मी र हरि फुयाँल सिफारिस

जिल्ला न्यायाधीशबाट गोरखा जिल्ला अदालतका राजेशकुमार काफ्ले, रौतहटका लेखनाथ ढकाल, चितवनका कुलप्रसाद शर्मा, भरतपुरका महम्मद जुनेद आजाद, ललितपुरका बालमुकुन्द दवाडी र पर्साका नगेन्द्र लाल कर्ण पनि उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन् ।

अधिवक्ता मध्येबाट ७ जना मुख्य न्यायाधीशमा नियुक्त भएका छन् । जसमा जगतबहादुर थापा, सरलाकुमारी पाण्डे, विमल सुवेदी, रेणुका शाह, डालकुमार खड्का, उज्वल शुक्ल, नवराज थपलिया रहेका छन् ।

न्यायपरिषदले उच्च अदालतका न्यायाधीश उमेशराज पौडेल सेवानिवृत्त भएपछि नियुक्ति पाउने गरी अधिवक्ता अञ्जु उप्रेती ढकाललाई न्यायाधीश सिफारिस गरेको छ । पौडेलले २०७६ वैशाख ३ गते अवकाश पाएपछि रिक्त हुने पदमा उप्रेतीलाई नियुक्त गर्न लागिएको न्यायपरिषद निर्णयमा उल्लेख छ ।

हेर्नुहोस् सूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment