+
+
Shares

रसुवा बाढीमा बगेका पुलको कुल लम्बाइ २७९२ मिटर

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २९ गते १५:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवागढी नाका हुँदै भोटेकोशी र त्रिशूलीमा आएको बाढीले ३७ मोटरेबल पुलमा क्षति गरेको छ, जसमध्ये ३३ पूर्ण रूपमा बगेका छन्।
  • प्रतिवेदनअनुसार पूर्ण रूपमा बगेका मोटरेबल पुलको कुल लम्बाइ २ हजार ७९२ मिटर छ, र सबैभन्दा धेरै क्षति नुवाकोटमा भएको छ।
  • यस बाढीले ६८ झोलुङ्गे पुलमा पनि क्षति पुर्‍याएको छ, जसको लम्बाइ १० हजार ६७० मिटर छ।

२९ भदौ, काठमाडौं । रसुवागढी नाका हुँदै भोटेकोशी र त्रिशूली नदीमा आएको विनासकारी बाढीले कुल ३७ मोटरेबल पुलमा क्षति गरेको छ । सरकारले गठन गरेको रसुवा–भोटेकोशी बाढी २०८३ : द्रुत क्षति तथा आवश्यकता आंकलन प्रतिवेदन अनुसार यसमध्ये ३३ वटा पुल पूर्ण रुपमा बगेका छन् ।

पूर्ण रुपमा बगेका पुलको कुल लम्बाइ २ हजार ७९२ मिटर रहेको प्रतिवेदनमा उल्लेख छ । पुलको लम्बाइका हिसावले सबैभन्दा धेरै क्षति नुवाकोटमा भएको छ ।

नुवाकोटमा कुल १४ वटा पुल पूर्ण रुपमा बगेको र यसको लम्बाइ १४ सय ८० मिटर रहेको छ । रसुवामा १३ पुल बगेका छन् । जसको लम्बाइ भने ५६६ मिटर मात्र छ । धादिङमा भने ५ वटा पुल बगाउँदा कुल ६१३ मिटर लम्बाइ बराबरको क्षति भएको छ । गोरखामा एउटा पुल बग्दा १३३ मिटरको क्षति भएको छ ।

बगेका मोटरेबल पुलमध्ये नुवाकोटमा मात्र ४०.५ प्रतिशत बराबरको क्षति भएको देखिएको छ । प्रतिवेदन अनुसार रसुवाका पुलहरूको लम्बाइ छोटो थियो । सोहीकारण करिब नुवाकोटमा बराबर संख्यामा पुल क्षति हुँदा समेत रसुवा जिल्लामा क्षति भएको पुलको कुल लम्बाइ कम छ । बाढीका कारण ४ वटा पुलमा आंशिक क्षति भएको पाइएको छ । जसको लम्बाइ २४० मिटर छ ।

यस बाढीले ६८ झोलुङ्गे पुलमा क्षति गरेको थियो । झोलुङ्गे पुलमा भने १० हजार ६७० मिटर बराबरको क्षति भएको छ । सोहीकारण यस बाढीले नदी वारपारको क्षेत्रमा पहुँच विच्छेद गरेको छ । अहिले विभिन्न स्थानमा झोलुङ्गे पुल पुनर्निर्माणको क्रममा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?