Comments Add Comment

‘भिडियो बनाइदिन्छु’ भन्दै पैसा लिएर ठगी

sukhadukha
यूएइ । म्युजिक भिडियो बनाइदिन्छु भनी पैसा लिएर एक अर्घाखाँची निवासी ललितकुमार थापा फरार भएपछि यूएईमा कार्यरत लोकगायक प्रेम भट्टराई ठगिएका छन् । चार वर्षदेखि यूएईमा कार्यरत रुपन्देहीका प्रेम भट्टराईले लोकसंगीतको क्षेत्रमा केही महिनाअघि ‘सुखदुःखको चौतारी’ शीर्षक एल्बम सार्वजनिक गरेका थिए ।

गायक रामजी खाँड र गायिका टीका पुनको स्वरमा सजिएको अति लोकपि्रय गीत भएको गायक भट्टराईले बताए । उक्त एल्बमको भिडियो बनाउनका लागि भनी अर्घाखाँचीका थापा पैसा लिएर फरार भएका हुन् ।

गीतको अडियो अलाप रेकर्डिङबाट बजारमा आएको र गत अक्टोबर ३ मा उक्त गीतको भिडियोका लागि भनेर अलग्गै  ६५ हजार रुपैयाँ सिटिजन्स बैंकमार्फत् ललित थापा मगरका अनुसार उमा कुमारी रानाको नाममा पैसा पठाएको पीडित भट्टराईले बताए ।

पैसा पाएको केही महिनासम्म काम हुन्छ भन्दै आश्वासन दिएपनि अहिले थापाको फोन नम्बर बन्द भएको, फेसबुटक र हृवाट्स एप सबै सामाजिक सञ्जाल ब्लक गरी निज थापा लुकीरहेको भट्टराईले आरोप लगाए ।

पीडित भट्टराईका अनुसार थापाले छिटो पैसा पठाउनु नत्र सुटिङ ढिलो हुन्छ  भनेको तर पैसा हात परेपछि अनेक बहाना गरी सम्पर्कविहीन भए ।

आठ महिनासम्म पनि काम नहुँदा यस्तै ठगीमा नपर्न अरुलाई सचेत हुन लोकगायक भट्टराईले आग्रह गरेका छन् । आफ्नो रकम फिर्ता गराउनका लागि अदालतसम्म जाने तयारी गरिरहेको भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment