Comments Add Comment

फेवा विकास बैंकको तालचोक शाखाबाट कारोबार सुरु

७ असार, काठमाडौं । फेवा विकास बैकले कास्कीको लेखनाथस्थित तालचोक शाखाबाट कारोबार सुरु गरेको छ । उक्त शाखाबाट निक्षेप संकलन, सहज र सरल रुपमा कर्जा प्रवाह सहित एबीबीएस, एटीएम, एसएमएस बैंकिङ, लकर, सुन धितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा लगायतका सेवाहरु उपलब्ध हुनेछन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले निकट भविष्यमा म्याग्दीको बेनी शाखाबाट पनि कारोबार सञ्चालन गरिने बताए ।

फेवाले आर्थिक वर्ष २०७२/७३ को तेस्रो त्रैमासमा २६ करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ । यस अवधिसम्ममा बैंकले निक्षेप १० अर्ब ६३ करोड पुर्‍याएको छ भने कर्जा लगानी ९ अर्ब ३३ करोड रुपैयाँ पुर्‍याएको छ । बैंकको निष्कृय कर्जाको मात्रा न्यून रहेको सिइओ थापाले बताए ।

२०७२ असार २८ गतेदेखि पोखराका दुई वित्तीय संस्थाहरु विश्व विकास बैंक र फेवा फाइनान्स कम्पनी मर्ज भएर राष्ट्रिय स्तरको फेवा विकास बैंकका रुपमा कारोबार गर्दै आइरहेको छ ।

फेवाको केन्दि्रय कार्यालयसहित देशका विभिन्न ठाउँहरुमा २८ वटा शाखा विस्तार भइसकेको छ । बैंकका केही शाखाहरुबाट ३६५ दिन बैकिङ सेवा र सन्ध्याकालिन सेवा पनि उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment