Comments Add Comment

पल्सर स्पोर्टस अवार्डमा डिसहोमको सहप्रयोजन

NSJF

१० असार, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले अयाोजना गर्दै आएको ‘पल्सर स्पोर्टस अवार्ड’ मा डिसहोमले सहप्रायोजकको रुपमा सम्झौता नविकरण गरेको छ ।

मञ्चले आगामी साउन ६ गते पल्सर स्पोर्टस अवार्ड बितरण गर्दैछ । यसका लागि डिसहोम प्रालिले सहप्रायोजक बापत १८ वटा सेटअप बक्ससहित ४ लाख ५० हजारको सहप्रायोजक गर्ने भएको हो । सम्झौतामा मञ्चका अध्यक्ष महेश आचार्य र डिसहोमका सिइओ सुदीप आचार्यले हस्ताक्षर गरे ।

डिसहोमले मञ्चले आयोजना गर्दै आएको स्पोर्टस अवार्डलाई पछिल्लो ६ बर्षदेखि प्रायोजन गर्दै आएको छ । स्पोर्टस अवार्डको मुख्य प्रायोजकको रुपमा पल्सर मोटरसाइकलले यसअघिनै सम्झौता गरिसकेको छ ।

सम्झौता अनुसार डिसहोमले अवार्डमा आठ विधाका विजेतालाई सेटअप बक्स र एक बर्षसम्मको सेवा निशुल्क प्रदान गर्नेछ भने बर्षको लोकप्रिय खेलाडीको लागि हुने एसएमएस भोटिङमा सहभागि हुनेमध्ये ‘लक्की ड्र’मार्फत् ५ जनालाई पनि डिसहोमको सेटअप बक्स दिइनेछ ।

२०७२ सालमा हात पारेको उपलब्धिको आधारमा हुने बर्षका उत्कृष्ट पुरुष खेलाडी, बर्षका उत्कृष्ट महिला खेलाडी, बर्षका उत्कृष्ट युवा खेलाडी, पारा एथलिट र बर्षका उत्कृष्ट प्रशिक्षक, एसएमएस भोटिङको आधारमा हुने लोकप्रिय खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट गरी आठ विधामा अवार्ड दिइनेछ ।

अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एन्ड कम्पनीले उत्कृष्ट पुरुष, महिला र लोकप्रिय खेलाडीलाई पल्सर मोटरसाइकल उपलब्ध गराउनेछ । अन्य विधाका विजेताले ५०-५० हजार रुपैयाँ पाउनेछन् । लोकप्रिय खेलाडीको मनोनयन असार १७ गते शुक्रबार सार्वजनिक गरिनेछ ।

तस्वीरः एनएसजेफ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment