Comments Add Comment

यस्तो पुल, जहाँ पैदल हिँड्दा पुलिसले पक्राउ गर्छ

river-bridgeके तपाइँले यस्तो पुलका बारेमा सुन्नुभएको छ जहाँ कोही पनि मानिस पैदल हिँड्न सक्दैन ? यदि कोही मानिस त्यहाँ पैदल हिँड्यो भने पुलिसले रोक्नेछ । यदि रोक्दारोक्दै पनि अटेरी गरेर हिँड्यो भने पुलिसले पक्रनेछ ।

हो, भारतको राजस्थानस्थित धौलपुरमा यस्तो पुल छ जसमा पैदलयात्रा गर्न पाइँदैन । उक्त पुलमा पैदल हिँड्न नपाउनुको खास कारण छ । वास्तवमा पैदलयात्रीको सुरक्षाकै लागि त्यस्तो नियम बनाइएको रहेछ ।

जुन नदिमा पुल छ त्यो नदि निकै गहिरो हुनुका साथै त्यसमा खतरनाक गोहीहरु पनि छन् । पुल होँचो भएको र विगतमा धेरै मानिसहरुले उक्त पुलबाट हाम फालेर गोहीलाई ज्यान खुवाएर आत्महत्या गर्ने गरेको   कारणले हाल उक्त पुलमा पैदल यात्रा गर्न प्रतिबन्धित गरिएको हो ।

खतरनाक गोही भएको नदिमा हाम फालेपछि गोहीले मानिसलाई खाइहाल्ने र लास समेत फेला नपर्ने सम्भावना हुन्छ । त्यसैले मानिसहरुले नदिमा हाम फालेर आत्महत्या गरी गोहीले खाइसकेपछि पनि लास भेटिने आशामा गोहीको बीचमा गएर लास खोज्नु नपरोस् भन्ने पनि पुलिसको चाहना हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment