Comments Add Comment

यस्तो छ निशा देसारको पपगीत

ss

काठमाडौं । आधुनिक गायनमा सक्रिय गायिका निशा देसारको पपगीत ‘लत लाग्यो’ सार्वजनिक भएको छ । आनन्द अधिकारीको शब्दमा निशा देसारको स्वर रहेको उक्त गीतमा शीखर सन्तोषको संगीत रहेको छ । मुख्य त चलचित्र र आधुनिक गायनमा सक्रिय छिन् निशा ।

पछिल्लो पुस्ताका दर्शकका चाहना अनुसार पपसंगीतमा स्वर दिएको उनको भनाई छ । तन्नेरी पुस्ताका दर्शकको चाहनालाई ध्यानमा राखेर स्वर दिएको भनाई राख्ने निशा भिडियो रिलिजपछि प्राप्त प्रतिक्रियाले उत्साहित भएको बताउछिन् । ‘धेरैले राम्रो भन्नु भएको छ, खुसी लागेको छ’ उनले भनिन् ।

समन अधिकारीको निर्देशन रहेको भिडियोमा सुपि्रया र पवनले मोडलिङ गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment