Comments Add Comment

एमाले नेता नेपाल भियतनाम प्रस्थान

कम्युनिष्ट पार्टीहरुको बैठकमा भाग लिने

madhav nepal१४ असार, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल मंगलबार भियतनाम प्रस्थान गरेका छन् ।

एमाले वैदेशिक मामिला विभागका प्रमुख नेपाल भियतनाममा आयोजना हुने कम्युनिष्ट तथा वर्कर्स पार्टीहरुको अन्तर्राष्ट्रिय सम्मेलनको वर्किङ कमिटीको बैठकमा भाग लिन भियतनाम प्रस्थान गरेका हुन् ।

मंगलबार दिउँसो थाइ एअरवेजको उडान नम्बर टीजी ३२० बाट त्यसतर्फ प्रस्थान गरेको उनको निजी सचिवालयले जनाएको छ ।

भियतनाममा उनले जुलाई २ असार १८ मा हुने वर्किङ कमिटीको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ । साथै भियतनाम एवम् विभिन्न देशबाट आउने नेताहरुसँग द्विपक्षीय एवम् सामूहिक भेटवार्ता गर्ने कार्यक्रम पनि छ ।

यसका अतिरिक्त नेता नेपालले भियतनामको औद्योगिक क्षेत्र एवम् हाइड्रोपावर परियोजनाहरुको समेत अवलोकन गर्ने उनको सचिवालयले जनाएको छ ।

भियतनामबाट फर्किनेक्रममा उनी सिंगापुरमा नेपाली समुदायले आयोजना गर्ने कार्यक्रममा सहभागी भई असार २२ गते स्वदेश आइपुग्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment