Comments Add Comment

ट्रकमा ढुंगा खस्दा चालक गम्भिर घाइते, राजमार्ग तत्काल नखुल्ने

pahiro-muglin-narayangadh
फाइल फोटो

१७ असार, चितवन । लगातार अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड रोकिराखेको ट्रक माथि ढुंगा खस्दा दुईजना घाइते भएका छन् । एक ट्रकका चालक चालक गम्भिर घाइते छन् भने सह-चालकलाई पनि चोट लागेको छ ।

खहरे खोला नजिक ट्रकमाथी पहाडबाट खसेको ढुंगाले लागेर ना १ क १८६४ नम्बरको ट्रकका चालक सुनसरीका उद्धव भुजेल गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख वसन्त कुँवरले जानकारी दिए । घाइते चालक भुजेललाई उपचारका लागि काठमाडौं लगिएको छ ।

वैकल्पिक बाटो रोज्न आग्रह
लगातार पानी परेपछि ४ ठाउँमा पहिरो गएर अवरुद्ध सडक ततकाल सञ्चालन नआउने भएको छ ।  चार किलो, पाच किलो, जलवीरे र भालुढुंगामा माथिबाट ठूलो पहिरो खसेको छ । निरन्तर परेको पानी पर्दा त्यसलाई पन्छाउन नसकिएको प्रहरीले जनाएको छ ।

अवरोधका कारण बाटो तत्काल नखुल्ने  नारायणगढ-मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालले जानकारी दिए । पानी नरोक्दिा नयाँ-नयाा ठाउँमा पनि पहिरो खसिरहेकाले समस्या भएको उनको भनाइ छ ।

उनले मिलेसम्म जाममा फस्नुभन्दा वैकल्पिक बाटोबाट आवत-जावत गर्न सवारीचालक र व्यवसायीलाई आग्रह गरे । विभिन्न स्थानमा पहिरो खसिरहेकाले सुरक्षित स्थानमा बस्न पनि आयोजनाले यात्रु र सवारी चालकलाई आग्रह गरेको छ । बाटो नखुल्दा हजारौं यात्रु बाटोमै अलपत्र छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment