Comments Add Comment

लक्ष्मी बैंकले किन्यो प्रोफेसनल दियालो बैंक

Laxmi-bank१७ असार, काठमाडौं । लक्ष्मी बैंकले काभ्रेको बनेपामा मुख्य कार्यालय रहेको १० जिल्ले प्रोफेशनल दियालो विकास बैंकलाई किन्ने (एक्वायर) गर्ने भएको छ ।

एक्वायरसम्बन्धी सम्झाैतापत्रमा लक्ष्मी बैंकका अध्यक्ष शम्भुप्रसाद आचार्य र प्रोफेशनल दियालोका अध्यक्ष लोकराज पन्तले हस्ताक्षर गरेका छन् ।

सैद्धान्तिक सहमतिका लागि आइतबार राष्ट्र बैंक जाने योजना छ ।  एक्वायरपछि बैंकको वासलाता आकार तथा शाखा सञ्जालमा बृद्धि हुने बैंकले जनाएको छ ।

लक्ष्मी बैंकको हाल ३ अर्ब ३ करोड रुपैंया चुक्ता पूँजी छ  । हकप्रद जारी गरेपछि चुक्ता पूँजी ६ अर्ब ६ करोड रुपैंया पुग्नेछ ।  प्रोफेशनल दियालो बैंकको चुक्ता पुँजी २४ करोड रुपैयाँ रहेको छ । एक्वायरपछि बैंकको चुक्ता पुँजी साढे ६ अर्ब रूपैयाँ पुग्नेछ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment