Comments Add Comment

जीन परिवर्तन गरेर बुद्धिमान बच्चा जन्म !

Designer-child-1

सबै मानिसहरु आफ्ना बच्चाको चतुर, स्मार्ट र फुर्तिलो देख्न चाहन्छन् । तर, थुप्रैपटक भगवानले सबैलाई यस्तो सुविधा दिँदैन ।
के तपाईं आफ्नो बच्चाको जीनमा फेरबदल गरी उसलाई स्मार्ट फुर्तिलो र हेर्नमा राम्रो बनाउन चाहनुहुन्छ ?

अहिले विश्वमा यसबारेमा निक्कै बहस भइरहेको छ कि के मानिसको जीन परिवर्तन गरेर ‘डिजाइजर बच्चा’ बनाउन ठीक हुन्छ ? डिजाइनर यस मानेमा कि भगवानको नियमलाई चुनौती दिँदै अनियमित प्रक्रियाबाट बच्चाको जीनमा परिवर्तन गरिनेछ ।

खासमा बैज्ञानिकहरुले सीआरआइएसपीआर-सीएएस ९ नामको एक यन्त्र विकास गरेका छन् । यसको सहयोगबाट मानिसको डिएनए परिवर्तन गर्न सकिन्छ । यसको माध्यमबाट कुनैपनि हुनेवाला बच्चाको जीनमा उसमा आमा बाबाको इच्छा अनुसार अवस्था फेरबदल गर्न सकिन्छ ।

उसोभए के हामी यस्तो सुविधा पाउने भइसकेका छौं कि आफ्नो इच्छा र चाहना अनुसारकै बच्चा जन्माउन सक्छौं ।

कम्तिमा विज्ञानले यसको दावी गर्न थालेको छ । तर यसबारेमा मानिसहरुमा द्विबिधा पनि उत्ति कै छ ।

भगवानको काममा मानिसले दख्खल गर्न लागेको भन्दै पश्चिमा मुलुकहरुले यसको ब्यापक बिरोध गरेका छन् ।

Designer-child

यस बिरोधका थुप्रै कारणहरु छन् । पहिलो त यदि यो तरिका प्रभावकारी भएन भने जन्मने बच्चाको जीवन बोझ बन्नेछ । उ आफैंको लागि र उसँग जोडिएका अन्य मानिसहरुका लागि ।

बिरोधको दोस्रो कारण यो छ कि जोसँग पैसा छ उसले यो काम गर्नेछ । यसको मतलव धनी मानिसले आफ्ना लागि डिजाइनर बच्चा जन्माउन सक्छन् । यस्तो गर्दा मानिसको नयाँ नस्लको विकास हुनेछ जो बाँकी मानिसभन्दा अलग हुनेछ । उनीहरु जिन्दगीको सबै मोर्चामा अगाडि हुनेछन् । यसले सबै मानिसको बराबरीको सिद्धान्त नै असफल हुन्छ ।

यसकारण बिशेषगरी पश्चिमी मुलुकमा जीन एडिटिङको प्रयासको बिरोध भइरहेको छ । मानिस यो बिषयमा चर्चा गरिरहेका छन् कि मानिस र भगवानको आआफ्नो भुमिका छुट्याइयोस् । जव जनताको विचार नै यसको बिरुद्धमा छ भने अमेरिका, जर्मनी वा बेलायतजस्ता मुलुकमा यस्तो सुविधा लागू गर्न सकिन्न ।

Designer-child-2

तर एउटा यस्तो देश पनि छ जहाँ डिजाइनर बच्चा जन्माउने काम तीव्र गतिमा अगाडि बढाउने अपेक्षा गरिएको छ ।

आर्थिक रुपमा छलाङ मारेसँगै चीनले बिज्ञानको क्षेत्रमा पनि तीव्र गतिमा विकास गरिरहेको छ । यस्तोमा उत्कृष्ट मानिस बनाउने क्षेत्रमा पनि त्यहाँका मानिसहरु चासो दिन थालेका छन् । चीनमा लोकतन्त्र छैन त्यहाँपनि मानिसहरु यसबारेको धारणा राम्रो छैन ।

विकसित नयाँ प्रणाली अनुसार चीनामा जीन एडिटिङको एक परिक्षण गरिएको थियो । हालमा दिनमा त्यहाँ क्यान्सरको बिरामीको उपचारका लागि पनि यसै बिधिको सहायता लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment