Comments Add Comment

खेमको ‘थालनी’ सार्वजनिक, सपना पुरा भएको गायकको दाबी

khem risal thalani
संचारकर्म हुँदै सांगीतिक क्षेत्रमा प्रवेश गरेका खेम रिसालको पहिलो एल्बम ‘थालनी’ सार्वजनिक गरिएको छ । काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै रिसालको डेब्यू एल्बम नेपाली सांगीतिक क्षेत्रका ३ श्रष्टाले सार्वजनिक गरे ।

गीतकार डाक्टर कृष्णहरि बराल, संगीतकार राजु सिंह र गायिका देविका वन्दनाले एल्बम बिमोचन गरेका हुन् । गायक रिसालले आफूले जीवनमा टीभीमा समाचार बाचन गर्ने र गायक बन्ने सपना बोकेको भन्दै दुबै सपना पुरा भएकोमा खुशी व्यक्त गरे । उनले एल्बम निकालेपछि अब आफू पनि पूर्ण गायक बनेको बताए । रिसालले एल्बम निकाल्न खुबै गाह्रो रहेछ भन्ने बल्ल आफूले वुझेको पनि बताएका थिए ।

यो एल्बममा ४ वटा गीत समावेश गरिएको छ । कार्यक्रममा एल्बममा समावेश एउटा गीतको भिडियो पनि सार्वजनिक गरिएको थियो । निकेश खड्काले निर्देशन गरेको भिडियोमा खेम र मोडल बषर्ा सिवाकोटीले मोडलिङ गरेका छन् । एल्बमलाई एसिएन म्यूजिकले बजारमा ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment