Comments Add Comment

भारतीय सेना पाकिस्तानी भूमिमा घुस्यो, आतंकवादी मारेको दाबी

Ranabir-singh

१३ असोज, काठमाडौं । भारतले पाकिस्तानी भूमिमा प्रवेश गरेर ‘आतंकवादी’लाई मारेको बताएको छ । पाकिस्तानले भने आफ्ना दुई सैनिक मारिएको बताएको छ ।

यससँगै १७ भारतीय सैनिकको ज्यान जाने गरी उरी आक्रमणबाट बढेको भारत पाकिस्तानको तनाव थप चर्किएको छ ।

भारतीय सेेनाका अनुसार नियन्त्रण रेखा नजिकै चरमपन्थीमाथि सर्जिकल स्ट्राइक्स गरिएको हो । विदेश मन्त्रालयको पत्रकार सम्मेलनमा लेफि्टनेन जनरल रणवीर सिंहले भने, यो बुधबार राति भएको हो । जब आतंकवादी नियन्त्रण रेखामा जम्मा भएका थिए ।’

उनका अनुसार आतंकवादीको लञ्च प्याडमा भारतीय सेनाले सर्जिकल स्ट्राइक गरेको थियो । यसबाट आतंकवादीहरुलाई ठूलो क्षति पुगेको र अपरेशन सकिएको बताएको छ ।

आफ्नो रक्षाका लागि तयार छौंः पाकिस्तान

डन न्यूजका अनुसार यो घटनामा चरमपन्थी होइन, दुई पाकिस्तानी सैनिकको मृत्यु भएको छ ।

पाकिस्तानी प्रधानमन्त्री नवाफ शरीफले यसलाई ‘भारतको खुला अत्याचार’ भनेको पीटीबीले जनाएको छ । उनले आफ्नो रक्षाका लागि पाकिस्तान तयार रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment