Comments Add Comment

नोट सेभेनका कारण सामसुङलाई साढे ५ खर्ब क्षति

Galaxy-Note-7ग्यालेक्सी नोट सेभेन स्मार्टफोनका कारण दक्षिण कोरियाली कम्पनी सामसुङले झण्डै साढे ५ खर्ब रुपैयाँ क्षति व्यहोर्नु परेको छ ।

बजारमा पठाएलगत्तै ह्याण्डसेटमा आगो लाग्ने समस्या देखिएसँगै मर्मत गरेर पुनः पठाएका नोट सेभेनमा समेत सोही समस्या दोहोरिएपछि सामसुङले गत हप्ता आफ्नो फ्लागसिप ग्यालेक्सी नोट सेभेन उत्पादन सधैका लागि बन्द गर्ने र बजारमा पठाइएका सबै फोनलाई फिर्ता लिने घोषणा गरेको थियो ।

नोट सेभेन खारेज गर्ने सामसुङको कार्यलाई विश्लेषकहरुले आफ्नो ब्राण्ड जोगाउने तथा अन्य स्मार्टफोनलाई यस्तै दुर्गतिमा पर्न नदिने पहल कदमीका रुपमा व्याख्या गरेका छन् ।

गत बुधबार सामसुङले नोट सेभेनका कारण २ अर्ब ३० करोड मुनाफा कटौति भएको बताएको थियो भने शुक्रबार मात्रै उसले अर्को आँकडा जारी गर्दै सन् २०१७ को मार्च महिनासम्मको संचालन मुनाफा ३ अर्ब १० करोडले घट्ने बताएको छ । यसरी नोट सेभेनका कारण उसलाई समग्रमा ५ अर्ब ४० करोड डलर घाटा लागेको छ ।

तर विभिन्न अध्ययनहरुले नोट सेभेनका कारण सामसुङले अझै ठूलो क्षति व्यहोर्नुपर्ने देखाएका छन् । नोमुरा सेक्योरिटिजको एक भविष्यवाणीका अनुसार नोट सेभेनका कारण सामसुङले बिक्रिको हिसाबले साढे ९ अर्ब र मुनाफाको हिसाबले थप ५ अर्ब १० करोड घाटा बेहोर्नुपर्ने बताएका छ ।

नोट सेभेनकेा संकटका कारण सामसुङको शेयर मूल्यमा समेत ८ प्रतिशतले कमी आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment