Comments Add Comment

‘म यस्तो गीत गाउँछु’मा सुगम र अञ्जुको स्वर

may-yasto-gauchu-recordingगतबर्ष रिलिज भएको चलचित्र ‘प्रेमगीत’मा समावेश ‘म यस्तो गीत गाउँछु’लाई सर्वाधिक रुचाइएको थियो । यही गीतका कारण चलचित्रको व्यापार पनि राम्रो भयो ।

अब, ‘म यस्तो गीत गाउँछु’ नाममै निर्देशक सुदर्शन थापाले चलचित्र निर्माण गर्न लागेका छन् । यो चलचित्रको शिर्ष गीतमा गायक सुगम पोख्रेल र गायिका अञ्जु पन्तले आवाज दिएका छन् ।

अर्जुन पोखरेलको संगीत तथा शब्दमा अञ्जु र सुगमले आवाज दिएका हुन् । निर्देशक थापाले भने-‘लभ स्टोरी चलचित्र भएकाले पनि हामीले गीतलाई उच्च महत्व दिएका छौ । यसैले गीतमा कुनै संझौता हुनेछैन ।’

चलचित्रमा पल शाह र पूजा शर्मा मुख्य भूमिकामा रहनेछन् । चलचित्रको छायांकन तिहारपछि सुरु हुने सुदर्शनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment