Comments Add Comment

लोकमानविरुद्ध सर्वोच्चमा अर्को मुद्दा, ज्वाइँलाई पनि कारबाहीको माग

lokman-singh-karki

१८ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमान सिंह कार्कीविरुद्ध सर्वोच्च अदालतमा अर्को मुद्दा परेको छ ।

म्याद तामेलीका क्रममा अवरोध गरेको आरोपमा काकीसहित चार जनावरुद्ध बिहीबार अर्को उजुरी परेको हो । अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको मुद्धामा कार्कीसहित उनका ज्वाइँ प्रवल थापा, आफन्त एवं पूर्व कानुन सचिव प्रमोद कार्की र सई नकुराज गौतमलाई कारबाहीको माग गरिएको छ ।

निवेदनमा कार्कीकै योजनामा म्याद तामेलीमा अवरोध भएको भनिएको छ । यसबारे आएका समाचार, फोटो र भिडियो समेतलाई आधार मानेर सर्वोच्चले थप छानविन र अनुस्न्धान गरी कारबाही गर्न माग गरिएको छ ।

यादि तामेलीमा अवरोध गरे १५ दिन कैद र एक हजार जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ ।

कार्कीको नियुक्ति कानुन संवत नभएको भन्दै अर्यालकै रिटमा सर्वोच्चले पुनरावलोकनको फैसला गरेको थियो । र, त्यसको म्याद तामेलीका क्रममा कार्कीका ज्वाँइसहितको समूहले अवरोध गरेको थियो ।

 यस्तो छ निवेदकको दाबी 

 

म उजुरीकर्ता न्यायिक प्रक्रिया अवरुद्ध गर्न सम्मानीत सर्वाेच्च अदालतको मिति २०७३।५।३१ को आदेश बमोजिमको म्याद तामेली कार्यमा अवरोध गरेका व्यक्तिहरु उपर मुलुकी ऐन अदालती बन्दोवस्तोको १११ नं. वा सर्वाेच्च अदालत ऐन २०४८ को दफा ७ बमोजिम कारवाही गरी पाऊँ भनी प्रस्तुत उजुरी गर्दछु:

१) स्वयं म अधिवक्ता ओमप्रकाश अर्याल निवेदक र नेपाल सरकारका पूर्वमुख्य सचिव श्री लोकमानसिंह कार्कीज्यू समेत प्रत्यर्थी भएको उत्प्रेषणयुक्त परमादेश (०७३—NF—०००२, ०००३) मुद्दाको न्यायिक प्रक्रिया अवरुद्ध ९इदकतचगअतष्यल तय व्गकतष्अभ० गर्ने उद्देश्यले गरिएको भौतिक हस्तक्षेप लगायतका कसुरजन्य कार्यका सम्बन्धमा निरन्तररुपमा आमसञ्चार माध्यमबाट समाचारहरु प्रकाशित प्रसारित भैरहेको, व्यवस्थापिका संसद तथा आम जनसमुदायको समेत गम्भीर ध्यानाकर्षण भएको, उक्त कसुरका सम्बन्धमा हालसम्म कानुनी कारवाही नभएको र सम्बन्धित पक्षले समेत कुनै तवरले आत्मालोचना सम्म पनि नगरेको अवस्था छ ।

२) अतः न्यायिक प्रक्रिया अवरुद्ध गर्ने कसुरजन्य कार्यमा संलग्न व्यक्तिहरु स्वयंलाई सशरीर झिकाई, बुझी थप छानवीन तथा अनुसन्धान गरी कारवाही गरी पाऊँ भनी निम्न लिखित तथ्यप्रमाण, आधार, कारण, औचित्य समेतका आधारमा प्रस्तुत उजुरी गर्दछु ः

क) का.जि.का.म.न.पा. वडा नं. १० बस्ने प्रत्यर्थी नेपाल सरकारका पूर्वमुख्य सचिव श्री लोकमानसिंह कार्की ज्यूले सम्मानीत सर्वाेच्च अदालतको पूर्ण इजलासको ०७३।५।३१ को आदेश बमोजिम निजको घरमा म्याद तामेल गर्न जाने सम्मानीत सर्वाेच्च अदालतका तामेलदार र का.म.न.पा. वडा नं. १० का कर्मचारीहरु माथि अनुचित प्रभाव पारी तथा स्वयं आफू लामो समयसम्म सम्पर्क विहिन भै म्याद तोमेलीमा वाधा अवरोध गरेको र अन्य विभिन्न किसिमका बदनियतपूर्ण कार्यहरु गरी न्यायिक प्रक्रियालाई विलम्ब र अवरुद्ध गर्ने प्रयास गरेको ।

ख) का.जि.का.म.न.पा. वडा नं. १० बस्ने प्रत्यर्थी नेपाल सरकारका पूर्व मुख्यसचिव श्री लोकमानसिंह कार्कीज्यूको योजना, मिलेमतो र निर्देशनमा का.जि.का.म.न.पा. वडा नं. १० बस्ने पूर्व कानुन सचिव तथा प्रत्यर्थी कै नजिकका आफन्त भनिएका श्री प्रमोद कार्र्कीज्यू, का.जि.का.म.न.पा. वडा नं. १० थापागाउँमा वानेश्वर बैङ्केट सञ्चालन गरी वस्ने प्रत्यर्थीका छोरीज्वाइँ भनिएका श्री प्रवल थापाज्यू लगायत प्रत्यर्थीका आफन्तहरु, नेपाल प्रहरीका स.ई.भनिएका श्री नकुलराज गौतमज्यू समेतका सादा पोसाकका सुरक्षाकर्मीहरु, वडा नागरिक मञ्चका अध्यक्ष र सदस्य भनिएका व्यक्तिहरु लगायतका व्यक्तिहरु संलग्न रहेको प्रतिकार समुहले डर, धाक, धम्की देखाई, हुलहुज्जत गरी २०७३।७।१ का दिन का.म.न.पा. वडा नं. १० को वडा कार्यालय तथा प्रत्यर्थीको घरठेगाना भएको स्थानमा गै म्याद तामेली कार्यमा प्रत्यक्ष वाधा अवरोध गरेको र उक्त कार्य न्यायालय माथिको भौतिक आक्रमण भएको ।

ग) “न्यायिक प्रक्रियामा असहयोग गर्ने, छल्ने वा न्यायिक प्रक्रिया नै अवरुद्ध गर्ने किसिमका कुनै पनि काम कारवाही वा क्रियाकलाप स्वीकार्य हुन सक्तैनन् । न्यायिक प्रक्रियामा पैदा गरिने, प्रत्यक्ष वा परोक्ष कुनै पनि प्रकारको अवरोध आपत्तिजनक र कानुन बमोजिम दण्डनीय विषय बन्दछन् । ..न्यायिक प्रक्रियाका क्रममा देखा पर्ने गरेका उपरोक्त अनुसारका गलत प्रवृत्तिहरु प्रति यस (सर्वाेच्च) अदालतले शुन्य सहनशीलता अपनाउन वान्छनीय देखिन्छ ।” भनी सम्मानीत सर्वाेच्च अदालतबाट ०७३।७।२ मा सिद्धान्त समेत प्रतिपादन भएको ।

३) प्रस्तुत कसुरका सम्बन्धमा जानकारी, समाचार, फोटो, भिडियोका किलिप्सहरु समेत प्राप्त भएकोले प्रस्तुत उजुरीमा भएका सुचनालाई आधार मानी सम्मानीत सर्वाेच्च अदालतबाट थप छानवीन तथा अनुसन्धान गरी गराई तथा सो कार्यमा खटिएका तामेलदार तथा १० नंं वडा कार्यालयका कर्मचारीहरुबाट समेत पहिचान गरी, गर्न लगाई कसुरमा संलग्न व्यक्ति, ठेगाना, हुलिया तथा कसुर एकिन गरी संलग्न सवै कसुरदाहरुलाई कारवाही गरी पाऊँ । प्राप्त प्रमाण तथा विवरणहरु यसैसाथ पेश गरेको छु ।

४) यसमा लेखिएको व्यहोरा ठिक साँचो हो, झुठा ठहरे कानुन बमोजिम सहुँला बुझाउँला ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment