Comments Add Comment

परराष्ट्रमन्त्री महतले सार्वजनिक गरे तीन निर्वाचनको ‘तालिका’

७ माघ, काठमाडौं । निर्वाचनप्रति गम्भीर नभएको भन्दै प्रमुख विपक्षी दल नेकपा एमालेले सरकारको आलोचना गरिरहेको छ । र, उसले संविधान संशोधन होइन, निर्वाचनको मिति घोषणा गर्न दबाव दिइरहेको छ ।

Prakash-saran-mahatपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले भारतीय पत्रिका दि हिन्दुलाई अन्तर्वार्ता दिँदै तीन तहको निर्वाचनको सम्भावित मिति नै सार्वजनिक गरेका छन् ।

हालै मात्र भारतको भ्रमण गरेका उनले भनेका छन्, ‘हामीले अप्रिल-मेमा स्थानीय निर्वाचन गछौं । सेप्टेम्वर-अक्टोबरमा प्रदेशको निर्वाचन गछौं । सन् २०१७ को अन्त्यमा अथवा सन् २०१८ को जनवरीमा केन्दि्रय तहको निर्वाचन गछौं ।’

निर्वाचनका लागि किन त्यति हतारो भन्ने प्रश्नमा उनले भने, ‘किन हतार नगर्ने ? निर्वाचनको लागि सवै तयार छन् । निर्वाचन संयन्त्र पनि तयार छ ।’

नोटबन्दीले गम्भीर समस्या

परराष्ट्रमन्त्री डा. महतले भारत भ्रमणका क्रममा त्यहाँका अर्थमन्त्री अरुण जेट्लीसँग भेट गरेका छन् । साथै भारतको केन्द्रीय रिजर्ब बैंकका अधिकारीहरुलाई भेटेर नोटबन्दीका कारण नेपालले भोगेको समस्याबारे छलफल गरेका छन् ।

‘नेपालको चासो के हो भने दैनिक कारोवारका लागि हामीलाई भारतीय नोटको आवश्यकता छ । आयात र निर्यातका लागि पनि भारु चाहिन्छ,’ उनले भने, ‘यदि राज्य र जनतासँग भएको पुराना नोटहरु नसाटिएमा तिनीहरु खेर जान्छन् । हामी अहिले गम्भीर अबस्थाको सामना गरिरहेका छौं ।’

उनका अनुसार भारतको रिजर्भ बैंकले नेपाली जनतासँग कति भारतीय रुपैयाँ छ भन्ने जान्न चाहेको छ । तर, नेपालसँग यसको अनुमानित जानकारी छैन । परराष्ट्रमन्त्री महतले भने, ‘मलाई लाग्छ आरबीआईले नेपालमा रहेका पुराना नोटहरु साट्ने व्यवस्था गरेपछि हामी सुरुवात गर्न सक्छौं ।’

भारतीय अर्थमन्त्री अरुण जेटली नेपालको मागप्रति सकारात्मक रहेको उनले बताए । परराष्ट्रमन्त्री महतले भने, ‘हामीले कसैले पनि नेपालमा आएर कालोधन नेपाली वैङकमा आएर जम्मा गर्न नसक्ने आश्वासन दिएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment