Comments Add Comment

आमेष र सलोनसँग अशिष्माको ‘मेला’

asisma-salon-and-aamesh
नायिका अशिष्मा नकर्मी अहिले एकपछि अर्को चलचित्रमा काम गरिरहेकी छिन् । अशिष्मालाई करिअरमा ठूलो फाइदा त भैसकेको छैन तर पनि खाली बस्नु परेको छैन ।

उनै, नायिका यतिबेला हेटौडामा २ नायकसँग रोमान्समा व्यस्त छिन् । बसन्त निरौलाको निर्देशनमा तयार भैरहेको चलचित्र ‘मेला’को छायांकन यतिबेला हेटौडामा भैरहेको छ । हैटौडा र विरगञ्जमा यो चलचित्र खिचिनेछ ।

चलचित्रमा अशिष्माको साथमा नायकद्धय सलोन बस्नेत र आमेष भण्डारीले रोमान्स गर्नेछन् । आमेष चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’बाट यो क्षेत्रमा प्रवेश गरेका कलाकार हुन् ।

यो चलचित्रमा हरि पन्त र मनोज मरोडियाको लगानी छ । यो चलचित्रलाई भोजपुरी भाषामा पनि बनाउने तयारी यसको निर्माणपक्षको छ । चलचित्रमा दिव्यराज सुवेदीको छायांकन, पवित्रा आचार्यको कोरियोग्राफी रहनेछ । हेटौडामा नै शुभसाइत गरेर चलचित्रको छायांकन सुरु गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment