Comments Add Comment

सप्तरीमा विहानैदेखि प्रदर्शन, सुरक्षा व्यवस्था कडा

आधा दर्जन सवारी साधनमा तोडफोड

मधेसी मोर्चाका कार्यकर्ताहरुले आइतबार सप्तरीका बिभिन्न स्थानमा मसाल जुलुस निकालेका थिए ।

२३ फागुन, राजविराज । एमालेको मेची-महाकाली अभियान रोक्न भन्दै बन्द आहृवान गरेको मधेसी मोर्चाका कार्यकर्ताहरुले सोमबार विहानैदेखि प्रदर्शन थालेका छन् ।

मधेसी मोर्चाका कार्यकर्ताले राजविराज, कञ्चनपुर, भारदह लगायतका क्षेत्रमा प्रदर्शन गरिरहेका छन् । उनीहरुले पूर्व-पश्चिम राजमार्ग समेत अवरुद्ध पारेका छन् ।

बन्दको अवज्ञा गरेको भन्दै मोर्चाका कार्यकर्ताले शम्भुनाथ नगरपालिकामा झण्डै आधा दर्जन सवारी तोडफोड गरेका छन् । प्रहरीले स्कर्टिङ गरेर लैजान लागेको गाडीमा बन्दकर्ताले तोडफोड गरेका हुन् ।

एमालेको कार्यक्रमका लागि सप्तरीमा मञ्च बनाइँदै ।

नेकपा एमालेको मेची-महाकाली अभियान इटहरीबाट आजै सप्तरी पुग्ने कार्यक्रम छ । सप्तरीमा एमालेको कार्यक्रमका लागि अहिले मञ्च बनाइँदैछ ।

एमाले र मधेसी मोर्चा आमने-सामने हुने भएपछि सप्तरीमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यो पनि पढ्नुहोस् 

एमाले राजविराजको मुख्य बजारमा नपस्ने, हनुमाननगरको रुट फेरियो

सप्तरीका सीडीओले भने- कार्यक्रम शान्तिपूर्ण नभए बल प्रयोग हुन्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment