बुधबार, १६ चैत, २०७३
OnlineKhabar.com

मोबाइल कल अब सस्तो, प्रतिसेकेण्डमै महशुल दर गणना हुने

अनलाइनखबर

५ चैत, काठमाडौं । वैशाखदेखि टेलिफोन तथा मोबाइल महसुल दर सस्तो पर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले टेलिफोन सेवामा नयाँ ‘पल्स’ अवधि लागू गर्ने निर्णय गरेको छ ।

जसअनुसार अब सबै टेलिफोन कम्पनीको पल्स अवधि समान हुनेछ यसबाट पल्स रेट खुम्चिएर कल सस्तो हुनेछ । यसको फाइदा भने उपभोक्ताले पाउने प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले अनलाइनखबरलाई बताए ।

पल्स भन्नाले टेलिफोन गर्दा पैसा काटिने समयावधिको इकाइ हो । पल्स अवधि धेरै हुँदा उपभोक्तालाई धेरै महसुल तिर्नुपर्छ भने कम हुँदा कल गर्दा काटिने रकम थोरै पर्छ ।

कति घट्यो पल्स ?

प्राधिकरणले सबै प्रकारका टेलफोन तथा मोबाइल सेवा प्रदायकको पल्स अवधि घटाएको प्रवक्ता अर्यालले बताए । ‘अब सबै कम्पनीको पल्स अधि एउटै हुनेछ । यसबाट उपभोक्तालाई निकै राहत मिल्छ’ अर्यालले भने । प्राधिकरणले घाटाएको पल्स अवधि दुई चरणमा गरेर लागू हनेछ ।

पहिलो चरणमा पीएसटीएनमा ६० सेकेन्ड, पल्स अवधिक तय गरिएको छ भने मोबाइलमार्फत देश भित्र हुने कलमा १० सेकेन्ड र देशबाहिर हुने मोबाइल कलमा ३० सेकेन्ड पल्स तोकिएको छ ।

दोस्रो चरणमा पीएसटीएनमा ६० सेकेन्डको पल्स कायम राखिने छ भने मोबाइलमार्फत हुने आन्तरिक मोबाइलमा १ सेकेन्ड तथा विदशेमा हुने कलमा १० सेकेन्ड निर्धारण गरिएको छ ।

पहिलो चरणको पल्स अवधिको गणना नयाँवर्षबाट लागू हुनेछ । दोस्रो चरणको पल्स गणना आगामी कार्तिकबाट सुरु हुनेछ ।

के हो पल्स ?

‘कार्तिकदेखि एक सेकेण्ड कल गरेको शुल्क एक सेकेण्ड बराबरकै काटिनेछ’ अर्यालले भने,’अहिले सेवा प्रदायकअनुसार पल्स अवधि फरक छ । बैशाखबाट मोबाइलको आन्तरिक कल पल्स १० सेकेण्डमा आउँछ भने कार्तिकबाट त सेकेण्डको पैसा सेकेण्डकै गणना गरेर काटिनेछ ।’

प्राधिकरणले नयाँ पल्स अवधिलाई कार्यान्वयन गर्न निर्देशन दिँदै पत्रात्रचार गरिएको उनले बताए । अब सेवा प्रदायकले नयाँ पल्स अवधि राखेर आफ्नो बिलिङ प्रणालीलाई ब्यवस्थापन गर्नेछन् ।

कति सेकेण्डमा कति शुल्क सेवाग्राहीबाट काट्ने भन्ने नै पल्स अवधि हो । पल्स रेट यसैमा आधारित हुन्छ ।  उदाहरणका लागि कुनै कम्पनीले पल्स अवधि २० सकेण्डको शुल्क ३० पैसामा राखेको छ त्यसको १ सेकेण्ड कल हुँदा पनि ३० पैसा नै काट्छ । २१ सेकेण्ड लाग्नासाथ उसले ४० सेकेण्डसम्मको ६० पैसा महशुल काट्छ । त्यसअनुसार २२ सेकेण्डमै फोन राखियो भने पनि उसले दोब्बर पैसा तिर्न उपभोक्ता बाध्य छन् ।

बैशाखपछि भने यो पल्स अवधि आन्तरिक कलमा १० सेकेण्डमा झर्नेछ भने कार्तिकबाट भने एक सेकेण्डमा झर्नेछ । प्राधिकरणको बोर्ड बैठकले माघ २१ गते पल्स अवधि घटाएर एकरुपता काया गर्ने निर्णय गरेको थियो ।

‘अन्तर्राष्ट्रिय अभ्यास अनुरुप नै पल्स अवधि घटाइएको हो’ प्रवक्ता अर्यालले भने,’उपभोक्तालाई लामो पल्स अवधिले अनावश्यक महशुल भार बढाएकाले घटाउने निर्णय गरेका हौं ।’

२०७३ चैत ५ गते ११:१४ मा प्रकाशित (२०७३ चैत ६ गते १८:२८मा अद्यावधिक गरिएको)
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
१० प्रतिकृयाहरू प्राप्त
  • tekraj bastola sushil लेख्नुहुन्छ    |   २०७३ चैत ५ गते १२:३७

    good news…yesto kaam ta pailai garnuparchhani…

    8
    2
    Share

  • Aait Bahadur Maden लेख्नुहुन्छ    |   २०७३ चैत ५ गते १४:३४

    These Mobile phone companies have been looting Nepali people money through call overcharge, they must return all the extra money which was looted with interest.

    5
    2
    Share

  • Mb ghimire लेख्नुहुन्छ    |   २०७३ चैत ५ गते १४:५१

    dherai ramro kura ayo. yo niyam bata thorai kura garnelai sachai nai rahat pugchha. jhukkiyer dail bhayo ki 20 second ko paisa gaihalne garda thorai aya srot hune, ankha kamjor bhaera galat byaktilai dia hune garda sarbasadharan lai dherai marka pari raheko chha.ajhai yo 1 second ko subidha baishak dekhi nai garda ramro hune thiyo.

    3
    0
    Share

  • Uttam bahadur shahi लेख्नुहुन्छ    |   २०७३ चैत ५ गते १६:०७

    Dherai luti raxa k garne taipani chalaunu pariraxa fyri vanxa paisa katxa

    0
    1
    Share

  • नीलमकुमार लेख्नुहुन्छ    |   २०७३ चैत ५ गते १६:४६

    ए!अब सुधार हुने भयो?अहिलेसम्म त हामी ठगिएकारहेछौँ हैन?अब ठग्न पुग्यो?
    अहिले सम्म ठगेकोमा दूरसंचारलाई के सजायँ हुन्छ?अन्तराष्ट्रिय नियम यस्ता लागू नगरी ठगियका कति छन्?अरू पनि हेरौँ। जनता अब नठग है!!!! जय होस् सबैको ।।।।

    4
    2
    Share

  • neelamkumarneupane लेख्नुहुन्छ    |   २०७३ चैत ५ गते १८:०२

    ए!अब सुधार हुने भयो?अहिलेसम्म त हामी ठगिएकारहेछौँ हैन?अब ठग्न पुग्यो?
    अहिले सम्म ठगेकोमा दूरसंचारलाई के सजायँ हुन्छ?अन्तराष्ट्रिय नियम यस्ता लागू नगरी ठगियका कति छन्?अरू पनि हेरौँ। जनता अब नठग है!!!! जय होस् सबैको ।।।।

    1
    3
    Share

  • P.L. Bajrachary लेख्नुहुन्छ    |   २०७३ चैत ५ गते १८:३७

    As you’re earning a lot and it’s multiplying every year. In such income increasing you’re supposed to minimize the charges and give benefits to its customers also not that you get it only. As it’s said about customers’ satisfaction … ,in the management, the benefits are to be shared maximally with the customers for the successful run of the business, I believe.

    0
    0
    Share

  • LOVE Thakur लेख्नुहुन्छ    |   २०७३ चैत ६ गते ०:२३

    Yo Nepal telecom ko lagi matrai ya Ncell ko lagi pni ho?

    0
    0
    Share

  • Raju लेख्नुहुन्छ    |   २०७३ चैत ६ गते ११:०६

    सरकारी स्वामित्व भएको संस्थाले पनि यसरी कलै नगरेको पैसा लिएर अहिले सम्म ठगिराको रछ है । सबै मार जति जनताले नै खेप्नु पर्ने कस्तो विडम्बना यो देशको? सबैले यस्ता टेक्निकल कुरा बुझ्दैनन् तर बुझ्नेले त सबैलाई फाईदा हुने कुरामा अदालत सम्म दुर संचार संस्थानलाई लान सकेको भए त्यो मानिस राष्ट्रिय हिरो हुने पक्का थियो ।

    2
    0
    Share

  • दीपेन्द्र लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते २२:१६

    अझ ढीलो गरे छ। बरु पोहोर को बैसाख देखी नै ५ से. को पल्स लागु हुने खबर दूरसंचार नियामक निकायबाट बाहिरिएको थियो। एक वर्ष त मज्जाले लुट्यो
    नि उपभोक्तालाई।

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this