बिहीबार, ११ जेठ, २०७४
OnlineKhabar.com

चुनाव नभए संवैधानिक संकट आउँछ, प्रजातन्त्र खतरामा पर्छ: देउवा

शेरबहादुर देउवा । तस्वीर: रासस

७ चैत, भक्तपुर । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन कुनै हालतमा नरोकिने बताएका छन् ।

आज भक्तपुरको लोकन्थलीमा नेपाली काँग्रेस नामक पत्रिकाले आयोजना गरेको नेपाली कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको सातौँ पुण्य स्मृति दिवस कार्यक्रममा उनले निर्वाचन हुन्न कि भन्ने शङ्का नगर्न कार्यकर्ताहरुलाई आग्रह गरे ।चुनाव नभए संवैधानिक सङ्कट आउने र यसले प्रजातन्त्र खतरामा पर्ने औँल्याउँदै सभापति देउवाले भने, ‘चुनाव नहुने कुरै छैन, चुनाव हुन्छ, हुन्छ, हुन्छ । यसमा शङ्का नगर्नुस्, चुनाव नभए संवैधानिक संकट आउँछ, प्रजातन्त्र खतरामा पर्छ ।’

उनले चुनावमा होमिन कार्यकर्तालाई निर्देशन दिए ।

हिमाल, पहाड र तराईलाई विभाजन गरी यहाँका बासिन्दाको एकता भाँड्ने षड्यन्त्र भइरहेको बताउँदै सभापति देउवाले भने, ‘तराई, पहाड र हिमालमा बस्ने सबै नेपालीबीच फाटो ल्याउने षड्यन्त्र भइरहेको छ, यसलाई चिर्न पनि कांग्रेसले निर्वाचनलाई सफल पार्न जरुरी छ ।’

कार्यक्रममा नेपाली कांग्रेसका सांसद रामेश्वर ढुङ्गेल, मनमोहन भट्टराई, कांग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेत, कांग्रेस नेता मधु आचार्य, कांग्रेस जिल्ला सभापति दुर्लभ थापालगायतले नेपाली कांग्रेसभित्र गुट उपगुटको अन्त्य गरी एकढिक्का भएर चुनावमा गए जित हासिल हुने बताए ।

२०७३ चैत ७ गते १७:०१ मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
३ प्रतिकृयाहरू प्राप्त
  • Shyam लेख्नुहुन्छ    |   २०७३ चैत ७ गते १७:३५

    aba yo vanda desh kati khatarama parna baki xa deuwa?

    0
    0
    Share

  • Satyasai लेख्नुहुन्छ    |   २०७३ चैत ८ गते ९:२२

    Gyan Limbu
    देउवा बाजे यो तपाइको कुरा ओलीलाई भन्नुहोस जनताहरु ले सबै कुरा बुझिसक्यो ? खुरुक्क बैज्ञानिक बिग्गिहरुले तैयार पारेको पहिचान सहितको १०+१ प्रदेशरू संबिधानमे राख्यो बनायो
    भने संयुक्त राष्ट्र नेपालको नाम रहन्छ र राष्ट्रपनी शक्तिशाली हुन्छ तर एकात्मक एकल जातिको
    सिस्टम को जग संबिधान बनायो भने देश सीधे विखण्डन हुन्छ ? नेपाल नाउ राख्नु भन्दा
    हजारौं पुरानो इतिहास बोकेको देशहरु छन ? लिम्बुवान देश , खम्बुवान देश, मदेश देश, तामंग
    स्लिंग देश ? नेवा राज्य देश? तमुवा देश? मगरात देश? थारवान देश ? शेरपा राज्य ? खसान देश ?
    यिनीहरु नेपाल नाउ मिटिन्छ तर यिनीहरु को पहिचानिक थाकथलो कहिले मेटींनेवालला छैन ?

    0
    0
    Share

  • Aait Bahadur Maden लेख्नुहुन्छ    |   २०७३ चैत ८ गते १५:५०

    Why we should remember evil man like Girija, who made this country like disaster. If he would not have to ready Indian 12 Bude at Delhi we would never ever have these disaster and country has been pushed back another 25 years back even more. Those involved in 12Bude, 7 Bude, 3 bude, 9 Buunde are also blamed

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this