Comments Add Comment

शेखर कोइरालाको प्रश्नः देउवालाई गाली गर्ने ओली को हुन् ?


१२ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एमाले नेताहरुले कांग्रेसलाई नैतिकताको पाठ सिकाउन नमिल्ने बताएका छन् । डा. कोइरालाले एमाले दुनियाँकै अराजक र अप्रजातान्त्रिक पार्टी भएको बताए ।

शनिबार नेपाली कांग्रेस ललितपुर क्षेत्र नं २ को क्षेत्रीय सम्मेलन उदघाटन गर्ने क्रममा डा. कोइराला एमालेविरुद्ध निकै कडारुपमा प्रस्तुत भए ।

उनले एमालेले मेचीकाली अभियानका नाममा निर्वाचन विथोल्ने खोजेको आरोपसमेत लगाए । डा. कोइरालाले भने- ‘सुदुरपश्चिममा पुगेर हाम्रा सभापति शेरबहादुर देउवाजीलाई तथानाम गालस्ी गर्ने केपी ओली को हो ?’

कांग्रेस नेता डा. कोइरालाले मधेसी मोर्चालाई सहमतिमा नल्याई गरिने चुनावले देशलाई विखण्डनतिर लैजान सक्ने बताए ।

कांग्रेसको क्षेत्रीय सम्मेलनमा डा. कोइरालाले एमालेका करिब ३ दर्जन कार्यकर्तालाई टीका लगाएर कांग्रेसमा प्रवेश गराएका थिए ।

कार्यक्रममा प्रजातन्त्र सेनानीहरुलाई समेत सम्मान गरिएको थियो । सम्मेलन उदघाटनमा कांग्रेस नेता चन्द्र महर्जन, उदयसमशेर राणा, रामकृष्ण चित्राकार लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment