Comments Add Comment

लिबाङमा बाली उपचार शिविर

फाइल फोटो

१३ चैत, लिबाङ (रोल्पा) । जिल्ला कृषि विकास कार्यालय रोल्पाको आयोजनामा बाल उदय मावि माडिचौरमा शनिबार बाली उपचार शिविर सम्पन्न भयो ।

जङ्कोट र कोटगाउँ गाविसका करिब चार दर्जन कृषकको उपस्थिति रहेको शिविरमा गहँुको कालोपोके, आलुको डढुवा र प्याजमा पर्ने धुसीको उपचार विधि सिकाइएको थियो ।

यसैगरी, ५० भन्दा बढी समस्या कृषकहरुबाट अघि सारिएको वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार शिविरमा धुसीनाशक र निमजनिया विषादी निःशुल्क वितरण गरिएको थियो । अन्य विभिन्न समस्या समाधानका लागि प्राविधिक सल्लाह सुझाव दिइएको थियो ।

कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय रोल्पा तथा केयुबिके कार्यक्रमका प्रविधिज्ञको उपस्थिति रहेको थियो । यसै आवमा कृषकको मागअनुसार जिल्लाका अन्य स्थानमा पनि शिविर सञ्चालन गरिने कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment