Comments Add Comment

सनराइज बैंकको शाखा सीतापाइला चोकमा


१६ चैत, काठमाडौं । सन्राइज बैंक लिमिटेडले सितापाइला चोकमा शाखा स्थापना गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक महेश्वर लाल श्रेष्ठले गरे ।

बैंकले नारायणी नेशनल फाइनान्स लिलाई प्राप्ती गर्दा शंखमुलमा दोहरिएको शाखाको कारोबार एउटा शाखामा एकीकृत गरी अर्का शाखालाई सितापाइलामा स्थानान्तरण गरिएको हो । सो शाखाबाट ग्राहकहरुलाई लकरसेवा समेत उपलब्ध गराइएको छ ।

हाल बैंकले नेपाल अधिराज्य भर ६८ वटा शाखा र ७६ वटा एटिएम मार्फत् ग्राहकहरुलाई बैंकिङ सेवा दिर्दै आएको छ । साथै, धरान, नारायणगढ र मलेसिया भि.एल.एन. काठमाडौंमा एक्स्टेन्सन काउन्टर र देशका विभिन्न स्थानहरुमा १३ वटा शाखा रहित बैंकिङ सेवा संचालन गरेको छ । निकट भविष्यमा बैंकले खुसिबु, बुधबारे, सुर्खेत, कालिकास्थान, हेटौंडामा शाखाहरु खोल्न लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment