Comments Add Comment

जिब्रोको रंग हेरेर थाहा पाउनुहोस्, तपाईं स्वस्थ कि अस्वस्थ ?

तपाईंको शरीरमा कुन किसिमको समस्या छ ? पहिचान गर्न जिब्रो पनि एउटा माध्यम हुनसक्छ । जिब्रोको रंगले तपाईंको रोगको पहिचान गर्छ ।

हुन त जिब्रोका खास काम हो, स्वाद लिने । हामीले खाएको खानेकुराको स्वाद जिब्रोको माध्यामबाट महसस गर्न सकिन्छ । तर, अध्ययनबाट के पनि पत्ता लागेको छ भने जिब्रोको रंगले शरीरको रोग पनि पहिचान गर्न सकिन्छ । यो आफ्नो स्वास्थ्यबारे थाहा पाउने सरल विधि हो ।

कसरी ?

१. गुलाबी र नरम

यदि तपाईंको जिब्रोको रंग गुलाबी छ र सधैं नरम हुन्छ भने स्वास्थ्यमा कुनै खराबी छैन । त्यसमा कुनै दाग-धब्बा देखिनु हुँदैन ।

२. गाढा रातो

जिब्रोको गाढा रातो रंगले संकेत गर्छ कि, तपाईको रगतको तापमान बढी छ । कुनै संक्रमण, चोटपटक छ वा ज्वरो आएको छ भने पनि जिब्रो गाढा रातो हुन्छ । भिटामिनको कमीले पनि जिब्रोको रंग रातो हुनसक्छ ।

३. सुख्खा पहेंलो

जिब्रोको रंग पहेंलो छ र सुख्खा पनि छ भने तपाईंमा थकान, कमजोरी, अनिद्राको संकेत गर्छ । त्यस्तै, आन्द्रामा समस्या हुँदा पनि जिब्रोको रंग पहेंलो तथा सुख्खा हुने गर्छ । जण्डिस भएको अवस्थामा समेत जिब्रोको रंग पहेंलो हुन्छ ।

४. जिब्रोको दाँया-बाँया रातो

पेट तथा आन्द्राको समस्या छ भने त्यसको प्रभाव जिब्रोमा देखिन्छ । यदि तपाईंको आन्द्रामा समस्या छ भने जिब्रोको दाँया-बाँया भाग रातो हुन्छ । जिब्रोको अगाडि वा टुप्पोको भागमा रातो छ भने रजोनीवृत्ति तथा मानसिक समस्याको कारण पनि हुनसक्छ ।

५. सेतो

यदि तपाईंको जिब्रोको छाला सेतो छ, सेतो वा पहेंलो काई लागेको छ भने थाहा पाउनुस्, तपाईंलाई चिसो तथा भाइरलको संक्रमण हुनसक्छ ।

यो पनि

चुरोटको सेवन, औषधि, मुखको सफाइ नहुनु जस्ता कारणले जिब्रो कालो हुन्छ ।  एन्टिबायोटिक लिएपछि ब्याक्टेरिया परिवर्तनले पनि जिब्रो कालो हुन्छ ।

–     जिब्रो सुन्निएको छ भने सर्तक हुनैपर्छ । यसले थाइराइड, ल्यूकेमिया, एनिमिया, क्यान्सर आदिको संकेत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment