Comments Add Comment

पहिलो चरणमा आधा लाख उम्मेद्वार ! यस्तो छ तथ्यांक

नगर र गाउँ प्रमुखका लागि मात्रै १९४५ को उम्मेदवारी

२२ बैशाख, काठमाडौं । बैशाख ३१ मा हुने पहिलो चरणको चुनावमा १३ हजार ५ सय ५६ पदका लागि झण्डै आधा लाख उम्मेदवारी परेको छ ।

निर्वाचन आयोगले शुक्रबार अपराहृन उम्मेदवाहरुको अन्तिम संख्या टुंगो लगाएको हो । आयोगका अनुसार सबै पदमा परेर ४९ हजार ७ सय ४५ जनाको उम्मेदवारी परेको छ ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार १९ गतेको मनोनयनमा ४९ हजार ७ सय ४५ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

वैशाख ३१ गते प्रदेश नं ३, ४ र ६ अन्तर्गत ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा हुने निर्वाचनका लागि वैशाख १९ गते उम्मेदवारी मनोनयन दर्ता भएको थियो ।

यसमा करिव डेढ हजारले फिर्ता लिएको अनुमान छ । यसको यकिन तथ्यांक आउन अझै बाँकी छ । माओवादी र कांग्रेसबीच भएको चुनावी तालमेलले केही उम्मेदवारी फिर्ता भएको छ भने बागी उम्मेदवारहरु पनि आफ्नो मनोनयन फिर्ता लिएका छन् ।

आयोगका अनुसार स्थानीय तह प्रमुख पदका लागि १ हजार ९ सय ४५ जनाको उम्मेदवारी परेको छ भने उपप्रमुखका लागि १ हजार ४ सय २९ जनाको उम्मेदवारी परेको छ ।

वडाध्यक्ष पदका लागि १० हजार ८ सय ४१ जना उम्मेदवार छन् । खुला दुई सदस्य अन्तरगत १८ हजार ३ सय ७१ जनाको उम्मेदवारी परेको छ ।

यस्तै महिला वडा सदस्यका लागि ९ हजार ३३ र दलित महिला वडा सदस्यमा लागि ७ हजार ४ सय ७२ को उम्मेदवारी परेको छ ।

महिला र दलितसमेत गरेर १६ हजार ५ सय ५ उम्मेदवारबाट ५ हजार १ सय ९६ जना निर्वाचित हुनेछन् । जसमा २५ सय ९८ जना महिला र २५ सय ९८ दलित महिला हुनेछन् ।

तीनवटै प्रदेशमा गरी ४ वटा महानगरपालिका, एक उपमहानगर, ९२ वटा नगरपालिकाका प्रमुख, उपप्रमुख तथा १८६ वटा गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष पदको चुनाव हुनेछ ।

त्यस्तै महानगरका १२३, उपमहानगरका १९, नगरपालिकाका एक हजार ९१ र गाउँपालिकाका एक हजार ३ सय ६५ गरी जम्मा २ हजार ५ सय ९८ वडाध्यक्ष चुन्नेछ । यस्तै १० हजार ३ सय ९२ वडा सदस्य पनि चयन गर्नेछ ।

पहिलो चरणमा कुल २८३ स्थानीय तहमा ४९ लाख ५६ हजार ९२५ मतदाता रहेका छन् भने निर्वाचन प्रयोजनका लागि ६ हजार ६ सय ४२ मतदान केन्ऽ तोकिएको आयोगले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment