Comments Add Comment

नेपालगञ्ज उपमहानगरमा माओवादीको उम्मेदवार दामोदर आचार्य

११ जेठ, नेपालगञ्ज । दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले नेपालगन्ज उप-महानगरपालिकाबाट मेयेरमा दामोदर आचार्यलाई उठाउने निर्णय गरेको छ ।

पार्टीका केन्द्रीय नेता तथा पूर्व अर्थमन्त्री बर्षमान पुनको उपस्थितिमा नेपालगञ्जको हाटल स्वस्तिकमा भएको भेलाले आचार्यलयाई मेयेर र उपमेयेरमा नेपालगन्ज-११ कि कलामुन अन्सारीलाई उठाउने निर्णय गरेको छ ।

नेपालगञ्ज उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष समेत रहेका आचार्यले दोस्रो संविधान सभा निर्वाचनको बेलामा बाँके निर्बाचन क्षेत्र नं.३ बाट उठेका थिए । तर, तेस्रो स्थानमा रहे ।

नेपालगञ्जको मेयेरका लागि मुस्लिम नेता अतहर हुसेन फारुकी र युवा नेता नविन शर्माले दावी गर्दै आएका थिए ।

माओवादीले कोहलपुर नगरपालिकामा विद्यार्थी नेता नरेन्द्र न्यौपाने  मेयर र देबी चौधरीलाई उपमेयरमा उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment