Comments Add Comment

सांसदकी श्रीमतीलाई पुरस्कृत गरिएको भन्दै विरोध

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले लोककला विधामा प्रदान गरेको पुरस्कार विवादमा परेको छ ।

प्रतिष्ठानले सोमबार काठमाडौंमा आयोजना गरेको सातौं राष्ट्रिय चित्रकला प्रदर्शनीमा मिथिला चित्रकार कमला सुतिहारलाई लोककला विधाअन्तर्गत राष्ट्रिय ललितकला पुरस्कार प्रदान गरेको थियो ।

बबरमहलको नेपाल कला परिषद्स्थित चित्रकला प्रदर्शनीस्थल मंगलबार पत्रकार सम्मेलन गर्दै करिब एक दर्जन लोककलाकारहरुले कमला सुतिहारलाई नातावाद, कृपावाद र राजनीतिक प्रभावको आधारमा उक्त पुरस्कार दिइएको आरोप लगाएका छन् ।

असन्तुष्ट कलाकारहरुले सिकारु कलाकार सुतिहारको क्षमता र कलाकृतिको आधारमा नभइ अमुक नेता तथा सांसद्की श्रीमती भएकै आधारमा उनलाई राष्ट्रिय स्तरको पुरस्कार दिइएको दाबी गरे ।

‘अमुक पार्टीको कोटामा प्रतिष्ठानको प्राज्ञ बनेका लोककला विभागका प्रमुख सुबोधचन्द्र दास -एससी सुमन) ले अर्को कार्यकालका लागि आफू फेरि प्राज्ञ बन्ने लोभले त्यस पार्टीका नेता तथा सभासद्की श्रीमतीलाई पुरस्कार प्रदान गरेर मिथिला चित्रकलासहित नेपालको लोककला जगत र सम्पूर्ण कला क्षेत्रको शिर नै लाज र अपमानबोधले निहुरिएको छ’ पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तै उनीहरुले पुरस्कृत कलाकारबारे निर्णय गर्ने निर्णायक मण्डलका सदस्यहरुको अनुभव र योग्यतामाथि समेत प्रश्न उठएका छन् ।

निर्णायक मण्डलमा कोही असम्बन्धित विधाबाट र कोही सम्बन्धित विधाका भएपनि खासै ज्ञान, विज्ञता र अनुभव नभएका व्यक्तिहरु रहेको असन्तुष्ट ११ जना कलाकारहरुले आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment