Comments Add Comment

बाजुरामा तीन दलित महिला निर्विरोध निर्वाचित

७ असार, बाजुरा । दोस्रो चरणको स्थानीय निर्वाचनअन्तर्गत एक नगरपालिका र दुई गाउँपालिकामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।

बडिमालिका नगरपालिका र स्वामीकार्तिक गाउँपालिकामा एमालेले वडा दलित महिला सदस्यमा र हिमाली गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)ले विजयी सुरुआत गरेका हुन् ।

बडिमालिका नगरपालिका–८ र स्वामीकात्र्तिक गाउँपालिका–३ मा क्रमशः लुती नेपाली र नानी ल्वार निर्विरोध निर्वाचित भएका छन् ।

माओवादी केन्द्रका तर्फबाट हिमाली गाउँपालिका–२ मा रुपसरी सार्की निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।|

जिल्लाका ४७ पदका लागि १३५ जनाले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment