Comments Add Comment

नयाँ शक्तिका नेतालार्इ जापानी अध्यागमनले एयरपोर्टबाटै फिर्ता पठायो

२५ जुन, टोकियो । डा. बाबुराम भट्टराई नेतृत्वको नयॉं शक्ति नेपालका नेताहरूलाई जापान अध्यागमनले एयरपोर्टबाट फिर्ता पठाइदिएको छ ।
उनीहरूलाई हानेदा एयरपोर्ट अध्यागमनले करिव ३ घण्टा नियन्त्रणमा लिएर फिर्ता पठाएको अन्तर्राष्ट्रिय नेपाली समाज जापानका एक नेताले स्वीकार गरे ।पार्टीको भातृ संगठन अन्तर्राष्ट्रिय नेपाली समाज जापानको प्रथम महाधिवेशनमा सहभागी हुन जापान आउने क्रममा शनिबार बिहान प्रदेश प्रादेशिक समितिका उपसंयोजक शंकर भण्डारी र नेता कुमार पौडेललाई टोकियोस्थित हानेदा एयरपोर्ट अध्यागमन बिभागले फिर्ता पठाएको हो ।

यसअघि २००८ सालमा विध्यार्थी भिषामा जापानी भाषा अध्यनकालागि जापान आएका भण्डारीलाई जापानी महिला माथी हातपात तथा दुर्य्गवहार गरेको कारण जापान प्रहरीले केही समय हिरासतमा राखेर नेपाल फर्काएको थियो ।

भण्डारीको साथमा आएका नेता पौडेललाई भने लगेजमा पार्टीको ब्यानर र झण्डा भेटेपछि फिर्ता पठाएको बताइएको छ । आइतबार टोकियोमा नयॉं शक्ति नेपालका नेता देबेन्द्र पौडेलको प्रमुख आतित्यमा सम्पन्न अन्तराष्ट्रिय नेपाली समाजको प्रथम महाधिवेशनमा पौडेल बिशेष अतिथि र भण्डारी बिशिष्ठ अतिथीको रूपमा सहभागी हुन जापान आएका थिए ।

पछिल्लो समय जापान अध्यागमनले बिशेषगरी नेपालीहरूलाई बिशेष निगरानीमा राखेर अनुसन्धान गरिरहेको बिभिन्न संचार माध्यमहरूले समाचार प्रकाशित गरिरहेका छन् ।

शंकर भण्डारी भन्छन्- मेरो चरित्र हत्या गर्न खोजियो

आफूहरुलाई नेपाल फर्काइएको विषयमा स्पष्टीकरण दिँदै शंकर भण्डारीले विगतमा आफूलाई कुनै चार्ज नलागेको दाबी गरे ।

‘त्यस्तो कुनै केसका कारण फर्काएको होइन’ भण्डारीले अनलाइनखबरसँग भने- ‘कुमार पौडेल दाइले अंग्रेजी नजान्दा समस्या भयो, देवेन्द्र पौडेल दाइ छिर्नुभयो, हामीचाहिँ फर्कियौं ।’

आफूहरु पार्टीको कार्यक्रममा जापान जान लागेको र विमानस्थलमा राजनीतिक कार्यक्रममा जान लागेको भनेपछि फर्काइएको उनले बताए ।
‘जापानमा राजनीतिक कार्यक्रममा जान पाइन्न, हामीले साँचो कुरा बतायौं’ भण्डारीले भने, ‘तर उताबाट राजु केसीलाई सोध्दा उहाँहरु राजनीतिक कार्यक्रममा आउनु लाग्नुभएको हैन, भन्नुभएछ । कुरा बाझिएपछि हामीलाई नेपाल फर्काइयो ।’

आफूलाई जापानमा कुनै अभियोग नलागेको तर आफ्ना शुत्रहरुले बदनियतपूर्ण ढंगबाट चरित्र हत्या गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment