१३ असार, अछाम । राजनीतिक दलहरुबीचको झडपका कारण बझाङ र अछामका दुई केन्द्रमा मतदान अवरुद्ध भएको छ ।
बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ३ को पाण्डु उच्च मावि केन्द्र पडेसमा कांग्रेस र एमालेबीच झडप भएको छ । झडपमा कांग्रेस उम्मेदवार प्रेम खड्का समेत घाइते भएका छन् । एमाले कार्यकर्ताले आक्रमण गरेको कांग्रेसको आरोप छ ।
जयपृथ्वी नगरपालिकाकै अर्को मतदान केन्द्रमा रहेका अनेरास्ववियुका महासचिव ऐन महरले भने सामान्य विवादमा झडप भएको र मतदान सुचारु गर्न वार्ता भइरहेको बताएका छन् ।
यस्तै अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ६ मा एमाले र माओवादी कार्यकर्ताबीच झडप भएको छ । झडप नियन्त्रण्मा लिने क्रममा प्रहरीले हवाई फायर गरेको छ ।
स्थिति तनावपूर्ण भएपछि मतदान कार्य स्थगित भएको छ । मेल्लेखमा माओवादी र कांग्रेसबीच तालमेल छ भने एमाले एक्लै प्रतिस्पर्धामा छ । दुई दिनअघि एमाले ७ नम्बर प्रदेश संयोजक भीम रावलले मेल्लेख पुगेर कार्यकर्ता उत्तेजित पारेको आरोप माओवादीले लगाएको छ ।
यसैबीच मेल्लेख गाउँपालिका वडा नम्बर ७ दुर्गा मावि मतदान केन्द्रमा केरमेट गरिएका मतपत्र वितरणपछि अवरुद्ध भएको मतदान प्रक्रिया सुचारु भएको छ । मतदान अधिकृत अमरवहादुर स्व्ााँरले केरमेट गरेको मतपत्र बाँडेको भन्दै बिरोध भएको थियो ।
४० ओटा मतपत्रमा पछिाडि केरिएको थियो । एमालेका प्रतिनिधिले उक्त मतपत्रमा प्रश्न उठाएर विवाद शुरु गरेका थिए । ०१०२८०१, ०११०२८५०० देखि ०१०३००० सम्मका मत पत्र केरमेट गरिएको अवस्थामा मतदातालाई वितरण गरेपछि विवाद भएको हो ।
प्रतिक्रिया 4