शुक्रबार, १३ साउन, २०७४
OnlineKhabar.com

अग्निले दियो एपीएफ क्लबलाई जर्सी र ट्रयाक

अनलाइनखबर

३० असार, काठमाडौं । अग्नी इन्कर्पोरेटेड प्रालि(महिन्द्रा) ले अग्नि ग्रुप नेपाल एपीएफ क्लबलाई खेल सामाग्री प्रदान गरेको छ । कल्वको प्रायोजक अग्नि ग्रुपका तर्फबाट अर्जुन शर्माले एपीएफ प्रमुख सिंहबहादुर श्रेष्ठलाई आगामी सिजनको लागि आवश्यक पर्ने जम्मा ११२८ थान जर्सी तथा ट्रयाक प्रदान गरे ।

अग्नि ग्रुपले उक्त टिमलाई ५ वर्षको लागि प्रायोजन गरेको छ । यस अवस्थामा अग्निले एपीएफ क्लवलाई वर्षभरि आवश्यक पर्ने खेल सामग्री निरन्तर उपलब्ध गराउँदै आएको छ ।

नेपालमा खेलकुदको विकासमा अग्नि ग्रुपको प्रायोजनसँगै सकारात्मक प्रभाव परेको छ भने यो एपीएफ क्लबले समग्र देशको खेलकुद विकारमा उत्तरदायी एवं जिम्मेवारीपूर्ण भूमिका खेल्दै आएको छ ।

अग्नि ग्रुपले आफ्नो सामाजिक उत्तरदायी भूमिका अन्तर्गत यसपटक आफूलाई नेपाली खेल जगतमा केन्दि्रत गराएको छ ।
राष्ट्रिय लिगमा मात्र केन्त नभई खेलकुदको जरैदेखि विकास गर्नमा अग्नि केन्द्रित रहेको विज्ञप्तिमा उल्लेख छ । अग्निको यस कदमले गर्दा नेपाली फुटब तथा फुटबलका फ्यानहरुलाई विशेष फलदायी भएको दावी कम्पनीको छ ।

२०७४ असार ३० गते ११:१० मा प्रकाशित
अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
२ प्रतिकृयाहरू प्राप्त
  • nisha yadav लेख्नुहुन्छ    |   २०७४ असार ३० गते १४:३५

    very thank you Agni Group.

    3
    0
    Share

  • hari लेख्नुहुन्छ    |   २०७४ साउन १ गते ११:५१

    एपीएफ क्लबले समग्र देशको खेलकुद विकारमा उत्तरदायी एवं जिम्मेवारीपूर्ण भूमिका खेल्दै आएको छ ।

    bikas ho ki bikar ho online?

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this