Comments Add Comment

‘छक्का पन्जा’ टिमले गर्‍यो एम्बुलेन्स हस्तान्तरण


गतबर्षको सर्वाधिक कमाइ गरेर नयाँ रेकर्ड बनाएको चलचित्र ‘छक्का पन्जा’को टिमले पनौतीको एक गाउँका लागि एम्बुलेन्स हस्तान्तरण गरेको छ । चलचित्र ‘छक्का पन्जा २’को पहिलो गीत सार्वजनिक कार्यक्रममा पनौतीमा अवस्थित ‘उर्गेन बचत तथा ऋण शहकारी संस्था लिमिटेड’लाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।

गीत सार्वजनिक र एम्बुलेन्स हस्तान्तरणको भिडियो यहाँ हेर्नुहोस्ः


चलचित्रका निर्माता तथा कलाकार दीपकराज गिरी, निर्देशक दीपाश्री निरौला, कलाकार केदार घिमिरे, स्वस्तिमा खड्का लगायतको उपस्थितीमा एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।

चलचित्र ‘छक्का पन्जा’ले सय दिन मनाएपछि निर्माता दीपकराज गिरी र उनको टिमले विभिन्न कलाकारलाई सहयोग गर्ने घोषणा गरेको थियो । यस्तै, चलचित्र छायांकन भएको क्षेत्रका बासिन्दाका लागि एम्बुलेन्स सहयोग गर्ने घोषणा पनि गरिएको थियो । सोही घोषणा अनुरुप आज एम्बुलेन्स घोषणा गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment