Comments Add Comment

डा. केसीले थाले आमरण अनसन, उपचार र पढार्इ नरोक्ने (भिडियोसहित)


९ साउन, काठमाडौं । त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले सोमबार ११ औं आमरण अनसन सुरु गरेका छन् । सरकारले अनसन नबस्न अाग्रह गरेपनि डा. केसीले अस्पतालमा पत्रकार सम्मेलन गरेर अपराहृन ४ बजेबाट आमरण अनसन सुरु गरेको घोषणा गरेका हुन् ।

डा. केसीले आफ्नो अनसनका क्रममा शिक्षण अस्पतालको उपचार सेवा र क्याम्पसको पढाई नरोक्ने बताए ।

उनले केदारभक्त माथेमा आयोगको प्रतिवेदनमा आफूहरुले दिएको सुझावलाई समेटेर ‘एकीकृत चिकित्सा शिक्षा ऐन’ बनाउन माग गरेका छन् । साथै त्रिविले खोसको अधिकार आईओएमलाई नै फिर्ता गर्न, क्याम्पस प्रमुख र सहायक डिन नियुक्त गर्न र त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुलाई काबारही गर्नु पर्ने उनको माग छ ।

डा. केसीले शिक्षण अस्पतालको गुणस्तर खस्किएको र उपचार पनि महंगो भएको भएको बताए । निजी अस्पताल जस्तै महंगो भएको भन्दै उनले इमर्जेन्सीमा एउटै बेडमा ३ जनासम्म विरामी राख्नु पर्ने बाध्यता रहेको सुनाएका छन् ।

डा. केसी गणेशमान सिंह भवनमा अनसन बसेका छन् ।

सत्याग्रहका मागहरु

१) तत्काल माथेमा प्रतिवेदन अनुरुप हामीले दिएका सुझावसहित चिकित्सा शिक्षा ऐन पारित गरियोस् ।

२) चिकित्सा शिक्षा क्षेत्रमा भएका अनियमितता रोक्न निम्न काम गरियोस्

  • आइओएममा तत्काल डिनको सिफारिश अनुसार सहायक डिन र क्याम्पस प्रमुख नियुक्त गरियोस्
  • आइओएमलाई विगतका सम्झौताअनुसार थप स्वायत्तता दिंदै विद्यार्थी भर्ना, शुल्क र सम्बन्धनसम्बन्धी अधिकार त्रिवि कार्यकारी परिषदबाट आइओएममा फिर्ता गरियोस्
  • सरकारी निर्देशन र अदालतको आदेश अटेरी गर्ने मेडिकल कलेजको सम्बन्धन तत्काल खारेज गरियोस्
  • चिकित्सा शिक्षा आयोग नबनुन्जेलसम्म मेडिकल शिक्षाका सबै तहको शुल्क विश्वविद्यालयले नभई सरकारले तोक्ने व्यवस्था गरियोस् ।
  • एमडी, एमएस र एमडीएस तहको शुल्क यही शैक्षिक सत्रदेखि लागू हुने गरी काठमाडौं विश्वविद्यालयमा जस्तै सबै निजी कलेजहरुका लागि २२ लाख कायम गरियोस्
  • आइओएममा पदाधिकारी नियुक्त नगरेर अस्तव्यव्यस्त बनाउने, आइओएमका अधिकार खोसेर लैजाने तथा नाजायज रुपमा धेरै शुल्क कायम गर्ने त्रिवि पदाधिकारीलाई तत्काल बर्खास्त गरियोस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment