Comments Add Comment

ब्लु स्काई प्याराग्लाईडिङका सञ्चालक र प्रशिक्षक पक्राउ

१० साउन, पोखरा । ब्लु स्काई प्याराग्लाईडिङका सञ्चालक र प्रशिक्षक पक्राउ परेका छन् । प्याराग्लाईडिङ प्रशिक्षणका क्रममा ज्यान गुमाएका प्रभात सुवेदीका परिवारले दिएको उजुरीको आधारमा प्रहरीले सञ्चालक नारायण पराजुली र प्रशिक्षक दामोदर पराजुलीलाई पक्राउ गरेको हो ।

पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३० का २६ वषिर्य प्रभात सुबेदीको गत असार ५ गते प्याराग्लाईडिड प्रशिक्षणका क्रममा मृत्यु भएको थियो । प्याराग्लाईडिङको सेफ्टी एण्ड रेस्क्यू प्रशिक्षणका क्रममा फेवातालमा खसेर उनको ज्यान गएको हो ।

असार ३० गते मृतक सुबेदीका काका गजेन्ऽप्रसाद सुबेदी -च्वाई)ले प्रहरीमा कारवाहीको माग गर्दै किटानी जाहेरी दिएका थिए । सोहि जाहेरीका आधारमा सञ्चालक र प्रशिक्षकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

उनीहरुलाई ज्यान मुद्धामा म्याद थप गरी प्रहरी हिरासतमा राखिएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक खड्कबहादुर खत्रीले जानकारी दिए । अनुसन्धानपछि अदालतमा मुद्धा दायर गरिने उनले बताए ।

पीडितको उजुरीपछि नागरिक उडड्यन प्राधिकरणसँगको समन्वयमा प्राधिकरणले प्रशिक्षणको क्रममा अपनाइएको सुरक्षा प्रबन्ध सम्बन्धमा थप अनुसन्धान गर्न समेत आग्रह गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment