Comments Add Comment

झरनालार्इ दुताबासले नपत्याएपछि जापानमा ‘ए मेरो हजुर-२’ प्रदर्शन नहुने

आयोजक भन्छन् 'लाखौं रकम डुब्यो'

४ अगष्ट, टोकियो । चलचित्र ‘ए मेरो हजुर-२’बाट निर्देशकको उपमा पाएकी नायिका झरना थापालाई नेपालका लागि जापानी दुतावासले भिसा नदिएपछि जापान नअाउने भएकी छन् ।

आफूले निर्देशन गरेको चलचित्र लिएर जापानमा प्रदर्शनका लागि आउन लागेकी झरना भिषा नपाउदा राेकिएकी हुन् ।

झरनासँगै पति एवं निर्माता सुनिल कुमार थापा, नायक शलिनमान बानियालाई पनि जापानले भिषा दिन अस्वीकार गरेको छ ।

‘ए मेरो हजुर-२’को रेड कार्पेट पि्रमियर पर्सी अर्थात अगष्ट ६ तारिख हुने भन्दै आयोजकले भव्य तयारी गरिरहेको थियो । तर, कलाकारहरुलाई भिषा नदिएपछि चलचित्र प्रर्दशन रोकिने भएको छ ।

यता चलचित्र प्रर्दशनको सम्पूर्ण तयारी सकिएको बताएको आयोजक डिष्टिनी क्रियशन पनि तनाबमा देखिएको छ ।

झरनाले आफूहरुको भिषा नलागेपछि २ करोड बराबरको लगानी रहेको चलचित्रको कसले रिक्स लिने भन्ने प्रश्न गर्दै नेपालमा प्रर्दशन भएपछि मात्र जापानका लागि दिनसकिने बताइन् ।

तर आयोजक भने प्रर्दशनको सम्पूर्ण तयारी पूरा भएको भन्दै चलचित्र प्रर्दशन गर्न पाउनु पर्ने माग गरिरहेका छन् । ‘लाखौं रकम खर्च भैसक्यो, कलाकारले भिषा नपाउँदैमा चलचित्र नै नदिने भन्ने कलाकारको यो कस्तो नियत होु’आक्रोसित हुँदै आयोजकले प्रश्न गरे,’के अब कलाकार विदेश घुम्नकै लागि चलचित्र निर्माण गर्ने हो त ?’

उता निर्माता थापाले भने चलचित्रको सम्पादन अझै नसकिएको भन्दै आफ्नो बचाउ गरेका छन ।

चलचित्रको गीत र प्रोमो रिलिज भएसँगै युटुबमा आक्रामक भ्यूवर्स पाएको यो चलचित्र बहुप्रतिक्षित चलचित्रको रुपमा हेरिएको छ ।

सुहाना इन्टरटेनमेन्टको ब्यानरमा सुनिलकुमार थापाले निर्माण गरेको चलचित्र भदौ १६ गते नेपालभर रिलिज हुँदैछ ।

चलचित्रमा साम्राज्ञी र सलिनका अलावा सलोन बस्नेत, अम्बर सुवेदी, सुमन पौडेल, ओजश्र ढुंगाना, अनुभव रेग्मी, बुद्धि तामाङ, अनुराग कुँवर, विल्सनविक्रम राई, असिन क्रिस्टल राज्यलक्ष्मी रानाको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment