Comments Add Comment

६० वर्षदेखि अन्न नखाएकी महिला, जसले चिया र पानीमात्र पिउँदा पनि तन्दुरुस्त

कुनै मानिस ६० वर्षसम्म अन्न नखाइकन बाँच्न सक्ला ? यसको कल्पना पनि गर्न गाह्रो हुन्छ । तर छिमेकी मुलुक भारतमा चार्ही एक महिला ६० वर्षसम्म अन्नको दाना समेत नखाई बसेकी छन् ।

भारतको मध्यप्रदेशस्थित धार जिल्लाको धामनोद गाउँकी ७५ वर्षीया सरस्वती बाइले पछिल्लो ६० वर्षयता अन्न खाएकी छैनन् । उनी चिया र पानीको सहारामा बाँचेकी छिन् ।

जीवनको लगभग पूरै समय अन्न नखाएपनि उनको जीउ यति तन्दुरुस्त छ कि उनी घण्टौंसम्म खेतमा काम गर्न सक्छिन् ।

सरस्वती बाई र उनका लोग्ने द्वारका प्रसादको सानै उमेरमा बिहे भयो । जब सरस्वतीको पहिलो सन्तान भयो तब उनी बिरामी परिन् । उनलाई टाइफाइड भयो र आन्द्रा सुक्यो । जे खाएप्नि नपच्ने र उल्टी हुने समस्या देखा पर्‍यो ।

विस्तारै रोग त निको भयो तर खाना नपच्ने समस्या चाहीँ कायमै रह्यो । धेरै उपचार गराउँदा पनि समस्या ज्यूँ का त्यूँ रह्यो ।

खाएको खाना पच्न छाडेपछि सरस्वतीले अन्न खान छाडिन् । त्यसपछि उनी चियाको भरमा प्राण धान्न थालिन् । उनको प्राण नै चिया र पानीले धानेको छ अचेल । बिहानदेखि बेलुकासम्म चिया नै पिउँछिन् । हप्तामा एक पटक केरा खान्छिन् ।

अन्न नखाइकनै उनले थप चारवटा बच्चा पनि जन्माइन् । उनका सन्तान सबै स्वस्थ छन् र सरस्वती पनि स्वस्थ छिन् । ६० वर्षसम्म चिया र पानी मात्र खाएर पनि स्वस्थ रहनु, के यो कुनै चमत्कार भन्दा कम छ त ?

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment