Comments Add Comment

मध्यरातमा एमाले नेताको घरमै मतदाता नामावली संकलन गरेको भन्दै हंगामा

३ भदौ, काठमाडौं । मतदाता नामावली संकलन गर्न खटिएका निर्वाचन आयोगका कार्यचारी मध्यरातमा नेकपा एमाले नेताको घरमा भेटिएको भन्दै बुढानीलकण्ठमा हंगामा भएको छ ।

राति ९ बजेतिर महाराजगञ्ज वृत्तबाट पुगेको प्रहरी टोलीले निर्वाचन आयोगका कर्मचारी भनिएका व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

बुढानीलकण्ठ नगरपालिकाका एमाले अध्यक्ष दिपक निरौलाको घरमा निर्वाचन कार्यालयका कर्मचारी भेटिएको भन्दै स्थानीयले विरोध गरेका हुन् ।

उनीहरूका अनुसार क्षत्री थरका उनी नगरपालिकाका फोटोसहितको मतदाता नामावली संकलनका लागि खटिएका थिए । उनले शनिबार अन्तिम दिन आयोगमा नामावली संकलन सफलतापूवर्क सफल भएको खबर समेत गरेका थिए ।

तर, राति एमाले नेताको घरमा भेटिए, त्यो पनि मतदाता नामावली संकलनका लागि प्रयोग हुने प्यापटपसहित

नगरमा मतदाता नामावलीका नाम लेखाउन जानेहरुको ठूलो भिड थियो । एमाले नेताहरु सेटिङ मिलाएर कर्मचारीलाई राति घरमा बोलाउने र आफ्नो मानिसहरुको नाम लेखाउने गरेका थिए ।

नामावली संकलनको समय शनिबार सकिएको छ । तर, एमाले नगर अध्यको घरमा नाम संकलन भइरहेको थाहा पाएपछि कांग्रेस कार्यकर्ता पुगेका थिए ।

तनावको अवस्था आएपछि पुगेको महाराजगंज प्रहरीको टोलीले दुबैलाई नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment