Comments Add Comment

एन्सेलोटीमाथि बार्यनको प्रतिबन्ध, यस्तो छ कारण

बार्यन म्यूनिखका नवनियुक्त स्पोर्टिङ डाइरेक्टर हसन सालीहामिजिकले नयाँ नियम लागू गरेका छन्, जसमा प्रशिक्षक कार्लो एन्सेलोटीले क्लव परिषरमा धुम्रपान गर्न नपाउने पनि सामेल छ ।

यी इटालियनलाई चुरोटसँगै चुइङगममा प्रति प्रतिबन्ध लगाइएको छ, जुन उनले कार्य समयभित्र प्रयोग गर्न पाउनेछैनन् ।

डाइरेक्टर सलिहेडजिकले एक उत्कृष्ट व्यवसायिक व्यक्तिको रुपमा आफ्नो पत्र स्वीकार गरेकोमा एन्सेलोटीको प्रशंसा गरेका छन् । पत्र बुझेपछि एन्सेलोटीले प्रतिक्रिया दिएका छन्, ‘मेरो स्वास्थ्यका लागि यो निक्कै राम्रो कुरा हो, मेरी पत्नी अहिले खुसी छिन् ।’

एन्सेलोटीलाई सन् २०१० मै धुमपान नगर्न चिकित्सकले सुझाएका थिए । उनी २५ वर्षको उमेरदेखि नै धुमपानका अम्मली हुन्, जतिबेला उनी खेलाडी नै थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment