Comments Add Comment

खतरनाक टापु, जहाँको आधा जमिन मान्छेको लासले भरिएको छ

युरोपेली देश इटालीमा १७ एकड क्षेत्रफलमा फैलिएको एउटा यस्तो टापु छ, जहाँको आधा जमिनमा मानव अवशेष भरिएको छ ।

जब पोवेग्लिया टापु पत्ता लाग्यो तब यहाँको माटोको यथार्थ जानेर सबै अचम्ममा परे । माटोमा ५० प्रतिशत हिस्सा मानव अवशेष हुनु कुनै चानचुने कुरा होइन ।

भेनिस र लिडोको बीचमा पर्ने यो सानो टापु भेनिसिया तालको उत्तरी क्षेत्रमा पर्दछ । यहाँ निकै राम्रो तटीय क्षेत्र छ । भेनिस र समुद्रको बीचको १२ किलोमिटर दूरीमा यो यो टापु अवस्थित छ । एउटा सानो नहरले यो टापुलाई दुई भागमा विभाजन गर्दछ ।

भनिन्छ यो टापुमा अहिलेसम्म जो मान्छे गयो त्यो फर्केर आएको छैन । १७ एकड क्षेत्रफलमा फैलिएको यो टापुलाई चारैतर्फ अग्लो पर्खालले घेरिएको छ । यसलाई १४ औँ सताब्दीमा बनाइएको थियो । नेपोलियन युद्धको क्रममा बेलायती सैनिकले प|mेन्चबाट बच्नका लागि यसको पर्खालको प्रयोग गरेका थिए ।

पछि प्लेग रोगका बेला यो ठाउँको प्रयोग गरिएको थियो । प्लेग लागेका बिरामीहरुलाई उक्त ठाउँमा लगेर मर्नका लागि छाडिन्थ्यो ।

एक लाख ६० हजार मानिसलाई त्यहाँ मर्नका लागि छाडिएको थियो । उक्त टापुलाई मानसिक रोगीहरुको उपचारका लागि पनि प्रयोगमा ल्याइएको थियो । त्यहाँ रोगीहरुलाई मर्नुअघि दर्दनाक यातना दिइन्थ्यो ।

एजेन्सी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment