१८ भदौ, काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा नेपालले पाकिस्तानसँग बराबरी खेल्दा युवा स्ट्राइकर विमल घर्तिमगर नायक बने । ६३ औं मिनेटमा टंक बस्नेतको स्थानमा मैदान प्रवेश गरेका १६ वर्षीय विमलले अतिरिक्त समयमा गोल गर्दै नेपाललाई हारबाट बचाएका हुन् । बंगलादेशविरुद्धको मैत्रिपूर्ण खेलमा डेब्यू गरेका एन्फा एकेडेमीका उत्पादन विमलको यो पहिलो औपचारिक प्रतियोगिता हो । उनले गोल गर्दै दशरथ रंगशालामा रहेका झण्डै १८ हजार दर्शक जुरुक्कै उठेका थिए ।
रंगशालामा युवा स्ट्राइकर विमल चम्किएपछि .. (फोटो फिचर)
२०७० भदौ १८ गते १६:०५ मा प्रकाशित
प्रतिक्रिया